fbpx

पत्रपत्रिकामा देश : स्मार्ट मालपोतमा एक घण्टाको काम सक्न चार दिन

विराटनगर २६ भदौ । अन्नपूर्ण पोष्टमा बाहाना नेटै चलेन शिर्षकमा छापिएको मुख्य खबर छ । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० प्रतिशत मालपोत कार्यालयमा अनलाइन सेवा शुरु गरेपनि कर्मचारीलाई भने झन बाहाना मिलेको छ ।

काम अड्काउन कर्मचारीले नेटै चलेन भन्दै सेवाग्राहीलाई दुख दिने गरेका छन् । नेट नचल्ने, सर्भर बिग्रिने जस्ता बहानको कारण पहिले एकै दिनमा हुने काम चार दिनसम्म रोकिने गरेको छ । प्रदेशका १४ जिल्लामध्ये ९ वटामा अनलाईन सेवा शुरु गरेपछि झन् सेवाग्राहीले दुख पाएका हुन् । ताप्लेजुङको सिरिजंघा २ का विवश लिम्बुलाई जग्गा पास गर्न सदरमुकाम ४ दिन होटलमा बास बस्नु पर्याे । कर्मचारीले नेटै नचलेको भन्दै काम रोकेपछि ४ दिन होटलमा बस्दा ७ हजार रुपैयाँ खर्च भएको उनको भनाई छ । उनले भने चार दिनमा मात्रै काम सकिदाँ घर फर्किदा सापटी खोजेर जानु परेको छ ।

newss

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल शिर्षकामा नागरिक दैनिकमा खबर छ । नेपालबाट भौगोलिक रुपमा समेत धेरै टाढा रहेको र कुटनीतिक सम्बन्धपनि नभएको भेनेजुयलाका विषयमा गत माघमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरीकाको आलोचना गरेपछि लामो समयसम्म त्यसको चर्चा भयो ।

अमेरीकाको चर्काे आलोचना गरेपछि सम्बन्ध बिग्रिएको अनुमानकाबीच प्रचण्ड पत्नी सीतालाई उपचार गराउन अमेरिका लिएर गए । यस्तै गत साउन दोश्रो साता क्युवाली प्रतिनिधिको उपस्थितिमा काठमाडौंमा आयोजना गरिएको कयुवाप्रतिको ऐक्यबद्धतासम्बन्धि नवौँ एसिया प्रशान्त क्षेत्र सम्मेलनमा दाहालले अमेरीकाको प्रतिबन्ध विरुद्ध ऐक्यबद्धता जनाए ।

तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबारको भेटमा दाहालले अमेरीकाको महत्वकांक्षी इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएकाछन् । दाहालका यस्ता प्रतिबद्धताले अमेरीकालाई चिढ्याउने काम गरिरहेको छ । अमेरीकी दुतावासका प्रवक्ताले दाहालको यो भनाई पुष्टि गराउन बेइजिङस्थित अमेरीकी दुतावासमार्फत प्रयास भइरहेको र सरकारको आधिकारिक धारणा पर्खिरहेको बताए । दाहालको भनाई सत्य भए भड्काउने कुरा भएको उनले बताए ।

फिरौतीमा गृहमन्त्रीका भाई पक्राउ भन्ने समाचार कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ । समाचारमा जेलभित्र रहेका कैदीसँग मिलेर फिरौती संकलनमा सकृय रहेको आरोपमा पक्राउ परेका नरेश थापा गृहमन्त्री रामबहादुर थापाका साहिँला भाई हुन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा उनी सकृय भएको प्रहरीले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदा बाटैमा गाडीभित्र गोली प्रहार गरि हत्या गरिएको थियो । सोही हत्याकाण्डका योजनाकार समीरमान बस्नेतलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको थियो । यिनै समीरमानसँग नरेशको सम्पर्क देखिएको छ । समीरमानले सुन्धारास्थित केन्द्रीय कारागारबाटै फिरौती संकलन तिव्र बनाएका छन् । घटना सार्वजनिक हुदाँ अप्ठा्यारो पर्ने भन्दै प्रहरीले यो मामिलालाई गोप्य राख्न चाहेको छ ।

Loading...