fbpx

दाँतको सफाइ मात्र नभएर टुथपेस्टका छन् अनगिन्ति फाइदाहरू

विराटनगर, २६ भदौ । दाँत सफा गर्नका लागि बजारमा पाइने थरीथरीका टुथपेस्टमध्ये राम्रो रोजेर प्रयोग गरिने गरिन्छ । विभिन्न तत्त्व मिसाएर बनाएको टुथपेस्टले दाँतलाई सफा गरेर, दाँतबाट दुर्गन्ध हटाएर, दाँतको पहेंलोपनबाट छुटकारा दिलाउनका साथै मुखको गन्धलाई हटाएर ताजा राख्न मद्दत गर्छ ।

टुथपेस्टमा पाइने तत्त्रवले दाँतलाई बलियो बनाउने गर्छ । साथै पेस्टले दाँतमा किरा लाग्ने, खिइने समस्याबाट दाँतलाई सुरक्षा प्रदान गर्छ । तर, दाँतको सफाइ र सुरक्षा बाहेक पनि टुथपेस्टको धेरै उपयोगी फाइदाहरु रहेका छन् । आगोले पोलेको ठाउँमा, तातो तेल जिउमा परेमा, किराले टोकेर पोलेको ठाउँमा टुथपेस्ट लगाउँदा चिसो महसुस भइ निकै आराम हुने गर्छ । पोलेको घाउमा पेस्ट लगाउने गर्दा फोका बन्न नपाइ दागधब्बा पनि हराउँदै जान्छ ।

newss

कपडामा लागेको दाग धब्बा हटाउनका लागि पनि टुथपेस्टले निकै सहयोग गर्छ । कपडामा लागेको दाग हटाउनका लागि दाग लागेको ठाउँमा थोरै टुथपेस्ट लगाएर रगडेपछि राम्रोसँग धुने गर्दा दाग हराएर जान्छ । डण्डीफोरको समस्याले सताएको छ भने पनि टुथपेस्टको प्रयोग गर्नाले केही हदसम्म निवारण गर्न सकिन्छ । टुथपेस्टमा एन्टीब्याक्टेरियल तत्त्वका कारणले छालालाइ चाँडै ठीक पार्ने गुण हुन्छ ।

राति सुत्नुअघि डण्डीफोर आएको ठाउँमा पेस्ट लगाएर रातभरि छोडेर बिहान उठेर धुने गर्दा पेस्टले रातभरि डण्डीफोरको तेल सोसेर त्यसलाई सुकाउन मद्दत गर्छ । तर, कतिपय मानिसलाई टुथपेस्टको एलर्जी हुन सक्ने भएकोले अनुहारमा लगाउनुभन्दा अगाडी हातको छाला वा कानको पछाडिको छालामा परीक्षण गर्नु पर्ने हुन्छ ।

टुथपेस्टलाई जुत्ता पालिस गर्न पनि प्रयोग गर्न सकिन्छ । छालाको जुत्तामा थोरै टुथपेस्ट लिएर नरम कपडाले जुत्तामा राखेर रगडेपछि सफा कपडाले पुछ्ने गर्दा यसले छालाको जुत्तालाई चम्किलो बनाउन मद्दत गर्छ । धेरैजसो बच्चाहरुले कलरले घरको भित्तामा कोर्ने तथा लेख्ने गर्दछन् । घरको भित्ता यस कारणले खराब भएको छ भने थोरै टुथपेस्ट लगाएर रगड्ने गर्दा भित्तामा लगाएको रंग अनुसार सफा हुन सक्छ ।

सुन र चाँदीको गहनालाई चम्काउनका लागि पनि टुथपेस्टको प्रयोग गर्न सकिन्छ । यसका लागि टुथपेस्टलाई नचाहिने ब्रसमा राखेर गहनालाई धुएर पानीले पखाल्दा गहना सफा र चम्किलो हुनेछ । मेनिक्योर र पेडीक्योर अर्थात् हात र खुट्टाको सफाई घर बसीबसी टुथपेस्टको सहायताले गर्न सकिन्छ । यसका लागि पानीमा थोरै मञ्जन मिसाएर हात तथा खुट्टा डुबाएर टुथब्रसको सहायताले सफा गर्नु पर्छ ।

यसले हात तथा खुट्टा सफा हुनुका साथै सबै ब्याक्टेरिया पनि नष्ट हुन्छ । टुथपेस्टले दाँतको इनामेलजस्तै नङको पनि सुरक्षा गर्दछ । नियमित रूपमा नङ पालिस लगाउँदा नङ खराब हुने भएकाले स्वस्थ नङका लागि टुथपेस्टको प्रयोग गर्न सकिन्छ । नङ पालिस हटाएर केहीबेरका लागि टुथपेस्ट नङमा लगाउनाले नङ चम्किलो र स्वस्थ हुने छ । सिडी वा डिभीडीमा छिट्टै स्क्र्याच पर्ने हुँदा उक्त स्क्र्याचलाई सफा गर्नका लागि नरम कपडामा थोरै टुथपेस्ट राखेर सिडीलाई बिस्तारै पुछ्ने गर्दा स्क्र्याच हराएर जाने गर्छ ।

Loading...