fbpx

पहिरोले सभाखोला थुनियो

संखुवासभा २५ भदौ । निरन्तरको वर्षापछि संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो खस्दा सभाखोला थुनिएपछि बस्ती जोखिममा परेको छ ।

बुधबार दिउँसो पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा फाक्सीबुङको पाखो खसेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ का वडाध्यक्ष बिकास पौडेलले जानकारी दिए ।

newss

सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको हो । पहिरोले फाक्सीबुङमा रहेको गोठहरु बगेका छन् ।

खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा भएको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । तीन दिनदेखि अविरल वर्षा शुरु भएसँगै त्यहाँ पहिरो खसेको हो । पहिरोले खोला थुनिएपछि बाह्रबिसे बजार र आसपासका क्षेत्रहरु उच्च जोखिम भएपछि स्थानीय मानिसहरु समेत त्रसित छन् ।

Loading...