fbpx

‘भद्रगोल’ टिमको नयाँ हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’

विराटनगर २५ भदौ । नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट निर्देशक कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो असोज २ गतेबाट हरेक विहिबार नेपाल टेलिभिजनमै प्रशारण हुने टेलिश्रृंखलाको नाम ‘सक्किगोनी’ जुराइएको छ ।

आफ्नो फेसबुकबाट कलाकार अर्जुन घिमिरेले टेलिश्रृंखलाको नाम सार्वजनिक गर्दै आफुले जन्माएको हुर्काएको एउटा सिर्जना ईतिहास बन्दै गर्दा आफु भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना ‘सक्किगोनी’ जन्मिएको भन्दै पोष्ट गरेका छन् ।

newss

पाँडेको बदमासी, जिग्रीको स्टाइल, बलेको डाइलग र ककरोज ब्रोको स्लो मोसन सक्किगोनीमार्फत दर्शकहरुले फेरी हेर्न पाउने भएका छन् । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने टेलिश्रृंखलालाई उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रिएसनमार्फत निर्माण हुने भएको छ । टेलिश्रृंखला निर्माण गर्नका लागि सबै तयारी पूरा भइसकेको र भद्रगोलकै पात्रहरु र कथावस्तुमा आधारित भएर निर्माण गरिने भएको छ ।

कलाकारहरुले समयमा पैसा नपाएको गुनासो गर्दै कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेपछि उत्पादक मिडिया हवसँग कुरा नमिल्दा अलगिएर भद्रगोलका पूर्व निर्देशकहरु कुमार र अर्जुनको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेका हुन् ।

Loading...