fbpx

किशाेरीमाथि बस भित्रै बलात्कारको प्रयास, चालक र सह-चालक पक्राउ

विराटनगर, २५ भदौ । बसमा चढेकी किशाेरीमाथि जवरजस्ती करणी प्रयास गरेको आरोपमा  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनकुटा घर भई आफन्तकाेमा बस्दै  आएकी १५ वर्षीया किशाेरीलाई सार्वजनिक बस भित्र करणी प्रयास गरेको आरोपमा प्रहरीले  दुई जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका– ३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपाने छन् ।  खड्का ना ६ ख ९३४४ नम्बर बसको चालक हुन् भने न्यौपाने सहचालक हुन् ।

मोरङ जिल्लाको वेतना सिमसार घुमफिर गरी दमक जान भन्दै  किशाेरी ना ६ ख ९३४४ बसमा चढेकी थिइन् । दमकमा उत्रन खाेज्दा उत्रन नदिइ चालक र सहचालकले पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका– ९ स्थित दोहमना हाट चौकसम्म ल्याएका थिए ।

आइतबार साँझ दाेहमनामा अन्दाजी ६:३० बजे बसभित्रै चालक खड्काले किशाेरीलाई करणीको प्रयास गरेका थिए । गाडीको पछाडि सिटमा लगेर करणी गर्न खोज्दा किशाेरी चिच्याउँदै बसबाट बाहिर निस्कन खोजेकी थिइन् । तर सह–चालक सन्तोष न्यौपानेले पुन: बसभित्र लगेका थिए ।  किशोरीले बस भित्र चिच्याएपछि भेला भएका स्थानीयले चालक र सहचालक नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

चालक र सहचालकलाई मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

Loading...