fbpx

प्रेमिकाको हत्या गर्ने पक्राउ

विराटनगर २५ भदौ । झापामा एक व्यक्तिले दुई वर्षदेखि सँगै राखेकी महिला (प्रेमिका)को हत्या गरेका छन् । झापाकोे गौरादह ६ दामुना बजारका ४५ वर्षीय पुण्य चुँडालले आफूसँगै राखेकी एक महिलाको हत्या गरेका हुन् । उनको हत्या गरेर फरार भएका चुँडाललाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको छ।

अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । गत शनिबार बिहान रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको खाली ग्वालीमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।

newss

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको हो । २ वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसक्ने अवस्थामा रहेको भन्दै ग्वालीमा छोडेर चुँडाल गएका थिए । स्थानीयको भनाईमा महिलालाई छोडेर चुँडालले काम गर्न जान्छु भन्दै हिँडेको जानकारी प्रहरीले जनाएको छ ।

शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ती र मुक्‍का प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २ वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको थियो । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले मदिरा सेवन गरि विवाद हुदाँ महिलाको ज्यानै जाने गरी चुँडालले कुटपिट गरेका थिए ।

Loading...