fbpx

विराटनगरमा चारवटा आकाशे पुल बन्ने, रानीमा बन्ने पुलको लागत साढे सात करोड

यस्ताे बन्याे डीपीआर

विराटनगर २५ भदौ । विराटनगर महानगरपालिका भित्र चारवटा आकाशे पुल निर्माणको तयारी थालिएको छ । प्रदेश १ को राजधानीको मुख्य बजारसँगै सीमावर्ती क्षेत्र रानीमा आकाशे पुल निर्माण गर्ने तयारी थालिएको हो ।

विराटनगर महानगरपालिकाले बरगाछी, कञ्चनबारी र बुधहाट चोकमा पुल निर्माण गर्नेछ । भारतीय बजार जोगवनीसँग जोडिएको रानीमा भने प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा स्वागत गेट सहितको आकाशे पुल निर्माण हुनेछ । साँढे सात करोडमा निर्माण हुने पुलमा निजी क्षेत्रको तर्फबाट मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ पनि निर्माण साझेदार हुनेछन् ।

मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर आएको एक सय वर्ष पुगेको अवसरमा २०७१ सालमा शतवार्षिकी मनाइएको थियो । सोही बेला रानीमा निजी क्षेत्रले स्वागत गेट निर्माण गर्ने बताएपनि काम अघि बढेको थिएन । डीपीआर तयार गरेको महानगरपालिकाले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि स्वागत गेट सहितको पुल निर्माणको प्रकृया अघि बढ्नेछ । महानगरपालिकाले तयार पारेको डीपीआरमा सात करोड ३७ लाख लागत अनुमान गरिएको छ ।

विराटनगरको मुख्य बजारमा स्टिल स्ट्रक्रचरमा पुल निर्माण गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मुख्य बजारमा निर्माण गरिने आकाशे पुलको भने डिजाइनको काम चलिरहेको छ । तीन स्थानमा निर्माण हुने पुल अन्य क्षेत्रको भन्दा फरक शैलीमा निर्माण हुने उनको भनाई छ ।

विराटनगर महानगरपालिकाले डीपीआर हस्तान्त्रण गरेपछि रानीमा निर्माण हुने पुलको काम अघि बढ्ने सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका प्रमुख दिगम्बर ठाकुरले बताए ।newss

Loading...