fbpx

‘भिनिसियस जुनियरको योजना बालोन डी‘ओर’

एजेन्सी, २५ भदौ । रियल मड्रिडका युवा खेलाडी भिनिसियस जुनियरले हालै मात्र ब्राजिलबाट डेब्यू गरे । उनले डेब्यू गरेको पेरुविरुद्धको खेल ब्राजिल १–० गोलले हार्यो । बुधबार बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गतको खेलमा पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिलले हार ब्यहोर्नु परेको हो ।

ब्राजिलले रसिया विश्वकप पछि पहिलो हार ब्यहोर्दा डेब्यूकर्ता १९ वर्षीय भिनिसियसले कुनै मौका सिर्जना पनि गर्न सकेनन् । तर, सहकर्मी क्यासेमिरोले भने भिनिसियसको ‘टार्गेट’ बालोन डी‘ओर रहेको जनाएका छन् । उनले खेलपछि पत्रकारसँग बोल्दै भिनिसियसको योजना बालोन डी‘ओर भएको बताएका हुन् ।

newss

अघिल्लो सिजन मात्र आफू आवद्ध क्लब रियल मड्रिडमा अनुबन्ध भएका भिनिसियस राम्रो खेलाडी भएको क्यासेमिरोको भनाइ छ । उनले भनेका छन्, ‘भिनिसियस एक राम्रा खेलाडी हुन् । अघिल्लो वर्षदेखि उनले धेरै आफ्नो क्षमताद्वारा मानिसलाई छक्क पारेका छन् ।’

रियलका मिडफिल्डर क्यासेमिरोले भिनिसियसले सानै उमेरमा रियल मड्रिडको जर्सी लगाउनु नै ठूलो उपलब्धि भएको बताए । उनले भने, ‘१९ वर्षको उमेरमा रियलको जर्सी लगाउनु कुनै सामान्य उपब्धि होइन । मैले उनलाई भनेको छु, कि तिमीले यो वर्ष एक ठूलो कुरा सोच्न सुरु गर ।’

‘उनले गत वर्ष गरेको प्रदर्शनले सबै छक्क परेका थिए, ’ उनले थपे, ‘उनी एक उत्कृष्ट खेलाडी हुन् र यस विषयमा उनले सबैलाई साबित गरेका पनि छन् । उनले सबैलाई देखाए कि उनी रियलका सुरुआतकर्ता हुन् । उनलाई मैले भन्ने गरेको छुः जब तिमीले रियलबाट खेल्न सुरु गर्यौ । तिमीले ठूलो कुरा सोच्नु पर्छ । बालोन डी‘ओरको बारेमा सोच, फिफाको विश्व ११ बारे सोच ।’

यस्तै क्यासेमिरोले भिनिसियस एकदमै जवान भइसकेको र धेरै दबाब लिन नसक्ने भएपनि उनले ठूलो कुरा सोच्न थालिसकेको बताए । उनले भने, ‘उनी कलिलै छन्, यसैले हामी उनलाई धेरै दबाब दिँदैनौं । तर, उनले ठूलो कुरा सोच्न थालेका छन् । बालोन डी‘ओर जित्ने योजना बुन्दैछन् । र, उनी गर्न पनि सक्छन् ।’

Loading...