fbpx

आखिर महिलाभन्दा पुरुष कम रुनुको कारण समाज मात्र हो ?

विराटनगर, २५ भदौ । केही चिन्ता, पीर, तनाव, दुःख, चोट–पटक लाग्दा तथा सुखमा प्रायः सबै जना रुने गर्छन् । रुँदा मन हलुङ्गो भएको अनुभूति हुन्छ । महिलाहरू पुरुषको तुलनामा धेरै रुने गर्छन् । समाजमा पुरुषहरू रुनुलाई कमजोरीको प्रतिकसमेत मानिन्छ ।

तर, रुनु कमजोरी नभएर मनलाई हलुको बनाउनुका साथै शरीर र आँखालाई स्वास्थ्य राख्ने तरिका पनि हो । अरुले जिस्काउँछ वा होच्याउँछ भनेर पुरुषहरू खुलेर रुन पनि सक्दैनन् । महिलाहरू प्रतिवर्ष कम्तिमा पनि ३० देखि ६४ पटक रुन्छन् । तर, पुरुषहरू वर्षमा केवल ६ देखि १७ पटक रुने गर्छन् ।

newss

आखिर महिलाहरूभन्दा पुरुष कम रुनु कारण समाज मात्र हो त ? मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष रहेको बताएकी छन् । उनका अनुसार पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुवै कारण जोडिएका छन् । समाजले एकतर्फी रूपमा पुरुषबाट राख्ने अपेक्षाले गर्दा आफूलाई बलियो देखाउनका लागि पनि पुरुषहरू कम रुने गर्छन् ।

दक्षिण एसियाली मुलुकमा पुरुषलाई सबै कुरामा बलियो रूपमा समाजले प्रस्तुत गरेकाले पीडा लुकाउन वा पुरुष कम रुने चलन कायमै रहेको छ । मानसिक रोग अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीका अनुसार रुनु भनेको मनको हावा फाल्ने माध्यम जस्तै हो । मनको हावा बाहिर निस्किन नपाएको खण्डमा विभिन्न मनोवैज्ञानिक समस्याहरू उत्पन्न हुन सक्छ ।

नरुने र मनको कुरा नखोल्ने मानिसमा कतिपय अवस्थामा कडा खालको मानसिक रोग, डिप्रेसन पनि उत्पन्न हुन्छ । यस्तो अवस्थामा बाहिर खुसी देखिएपनि भित्र भने डिप्रेसन भइसकेको हुन्छ । यस्तो रोग लागेमा कतिपयले सुटुक्क आत्महत्या पनि गर्ने गरेको पाइन्छ । पुरुषको कम आँशु झर्नु शरीरको हर्मोनसँग सम्बन्धित छ । पुरुषको शरीरमा उत्पन्न हुने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ । त्यसैले पनि महिलाहरुरूको तुलनामा पुरुषको शरीरमा उत्पन्न हुने हर्मोनले निकै कम आँशु पैदा गर्ने हुँदा पुरुषहरू कम रुएको पाइएको छ ।

निकै तनाव, दुखपूर्ण अवस्था तथा चोट पटकको पीडाले सताएको अवस्थामा धक फुकाएर रुनाले मनलाई शान्ति मिल्छ र पीडामा कम भएको महसूस हुन्छ । रुँदा आँखा सफा हुनुका साथै आँखाको शक्ति तथा चमक पनि बढ्छ । रुनु तनाब कम गर्नुको उपाय मात्र नभएर छालासमेत सफा राख्न मद्दत गर्छ ।

Loading...