fbpx

देशभर ६ सय ५४ बालअधिकार हननका घटना

प्रदेश नं १ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम बालअधिकार हनन

विराटनगर, २५ भदौ । गतवर्ष सबैभन्दा बढी एक नम्बर प्रदेशमा बालअधिकार हनन भएको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ मा देशभर भएका बालअधिकार हनन घटनाहरूको केन्द्रीय बालकल्याण समितिले गरेको सञ्चारमाध्यम वार्षिक विश्लेषण प्रतिवेदनअनुसार सबैभन्दा बढी १ नम्बर प्रदेशमा बालअधिकार हनन भएको पाइएको हो ।

aa

प्रतिवेदनमा विश्लेषण गरिएअनुसार गतवर्ष १ नम्बर प्रदेशका १४ मध्ये १३ जिल्लामा १ सय ३१ वटा बालअधिकार हनन भएका छन् । जसमा ५१ बालक ९५ बालिका र ३ शिशु पीडित भएका छन् ।

एक नम्बर प्रदेशको झापामा, सबैभन्दा बढी र सोलु बाल अपराधबिहीन जिल्ला

गतआर्थिक वर्ष २०७५–०७६ मा झापामा २७ मोरङमा २६ उदयपुर २० वटा बाल अपराधका घटना भएका छन् । यस्तै सुनसरी १६ पाँचथर १० र ओखलढुंगामा ८ बालअधिकार हनन भएका छन् । इलाम र ताप्लेजुङ समान ५–५, भोजपुर ३ संखुवासभा २ र तेह्रथुम र धनकुटामा समान १–१ एक बालअधिकार हनन भएका छन् ।

सबैभन्दा कम बालअधिकार हनन् गण्डकी प्रदेशमा

गतवर्ष भएका ६ सय ५४ बालअधिकार घटनामध्ये एक नम्बर प्रदेशमा सबैभन्दा बढी १ सय ३१ र सबैभन्दा कम गण्डकी प्रदेशमा ५३ वटा छन् । यस्तै तीन नम्बर प्रदेशमा १ सय १७ र दुई नम्बरमा १ सय १६, पाँच नम्बर प्रदेशमा ९६ सुदूरपश्चिमा ६८ र कर्णाली प्रदेशमा ६५ वटा बालअधिकार हनन भएका छन् । बालअधिकार हनन घटनाबाट सबैभन्दा बढी २ सय १४ जना बाललिकाहरू पीडित भएका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ७७ जना बालबालिकाहरू पीडित भएका छन् ।

चितवनमा सबैभन्दा बढी बाल अपराध

जिल्लागत रूपमा गतवर्ष सबैभन्दा बढी चितवनमा ५९ जना, डोटीमा ३६, बाँकेमा ४०, डोटीमा ३६ अनि काठमाण्डौ र मोरङमा ३४ जना बालबालिकाहरू अपराधबाट पीडित भएका छन् ।

११ प्रकारका घटनाको विश्लेषण

केन्द्रीय बालकल्याण समितिले देशभरका ७ प्रदेशअन्र्तगतका ७३ जिल्लामा मुख्य ११ प्रकारका बालअधिकार हनन हुने गरेको बताएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार बालिकाहरूमाथि भएका मुख्य हननका घटनाहरूमा हत्या, अपहरण, गर्भपतन, बालविवाह, कुपोषण, शरीरिक र मानसिक सजाय, आत्महत्या, यौन दुर्व्यवहार र बलात्कार, श्रमशोषण, बेचबिखन र आत्महत्यालगायत छन् ।

१२ बालबालिकाको अपहरण, ५ जनाबाट गर्भपतन

गतवर्ष १५ देखि १८ वर्ष उमेर समूहका ५ जना बालिकाहरूले गर्भपतन गराएका छन् । यस्तै गतवर्ष १२ जना बालबालिकाहरू अपहरणमा परेका छन् । जसमध्ये ५ जनाको अपहरणपछि हत्या भएको र ५ जनाको उद्धार भएको छ । २ जनाको अवस्था अज्ञात छ । बालबालिका अपरहण गर्ने कारणमा फिरौती असुल्ने, गहना लुटनु, रिसइबी साँध्नु रहेको छ । गतवर्ष ३ जना २ देखि १० वर्षसम्मका ५ जना ११ देखि १४ वर्षसम्मका र १४ वर्षभन्दा माथिका ४ जना छन् ।

२१ बालिका र ६ बालकबाट आत्महत्या

गतवर्ष २१ बालिका र ६ बालकले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने कारणहरूमा घर झगडा अत्यधिक र थोरै प्रेम सम्बन्ध छन् । गतवर्ष १० देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूले आत्महत्या गरेका छन् ।

गतवर्ष बालबालिकाहरूले शरीरिक सजाय पाएका ३७ घटना सार्वजनिक भएका छन् । विद्यालयमा शिक्षकहरूबाट बढी शारीरिक सजाय पाउने गरेका छन् । गतवर्ष १६ बालक र २२ बालिका कुपोषणले ग्रसित भएका छन् । जसमा ११ जना गम्भीर र २७ जना कमतौलले ग्रसित रहेका थिए ।

६५ जना बालबालिकाहरूको हत्या

गतवर्ष ६५ जना बालबालिकाको हत्या भएको छ, जसमा घरायसी झगडाले २७, अबैध सन्तान भएकोले २०, सौतेनी आमाबुबाले १३ र अपहरणपछि ५ जनाको हत्या भएको छ । गतवर्ष २५ बालक, २६ बालिका र १४ जना शिशुको हत्या भएको छ । गतवर्ष ९६ जना बालबालिका बेचबिखनमा परेका छन् । यसैगरी गतवर्ष १ सय १२ वटा बालश्रमका घटना प्रकाशनमा आएका छन् । गतवर्ष १ सय ९६ जना बालबाबालिकाहरूले बालविवाह गरेका छन् । यसैगरी गतवर्ष २ सय ४१ जना बालबालिकाहरूको मृत्यु भएको छ ।

२ सय ५२ जना बालबालिकाहरूमाथि यौन दुर्व्यवहार र बलात्कार

गतवर्ष जम्मा २ सय ५२ जना बालबालिकाहरू यौन दुर्व्यवहार र बलात्कारमा परेका छन । गत वर्ष १८ जना बालका र २ सय ३४ जना बालिका बलात्कार पीडित भएका छन् । जसमा चिनजानका व्यक्तिबाट ७४ छिमेकीबाट ७२ र आफ्नै बाबुबाट ३८ जना र सेना, प्रहरी, शिक्षक र कर्मचारीहरूबाट २७ तथा बालश्रममा रहेका ६ सहित १७ जना बालिका घर मालिकबाट बलात्कारमा परेका छन् ।

Loading...