fbpx

काकाले गरे ११ वर्षीय भतिजीमाथि जबरजस्ती करणी, उजुरी दर्ता भएपछि फरार

बाग्लुङ, २५ भदौ । बागलुङमा काकाले ११ वर्षीय भतिजीमाथि जबरजस्ती करणी गरेको रहस्य खुलेको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मंगलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

११ वर्षीया बालिकालाई करणी गर्ने काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए ।

newss

घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको हो ।

भट्टले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु¥याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छाैँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ । आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।’ रासस

Loading...