fbpx

४० फरक राष्ट्रविरुद्ध रोनाल्डोको गोल !

एजेन्सी, २५ भदौ । पोर्चुगिज स्टार खेलाडी क्रिस्टिायानो रोनाल्डोले युरो कप छनौटअन्तर्गतको खेलमा ह्याट्रिकसहित ४ गोल गरेपछि विभिन्न खाले कीर्तिमानीहरू बनाएका छन् । युभेन्टसका स्टार रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोलकर्ताको रेर्कड बनाए भने अर्को एउटा रेकर्ड पनि बनाएका छन् ।

३४ वर्षीय रोनाल्डोले युरो कप छनोटमा सर्वाधिक २५ गोलको कीर्तिमानी बनाएका छन् । यस्तै उनले युरोकप छनोट खेलमा आयरल्यान्डका रोबी किनको नामको कीर्तिमानी पनि तोडेका छन् । रोबी किनको युरो कपमा २३ गोलको कीर्तिमान थियो । यस्तै उनी ४० फरक राष्ट्रविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् ।

aa

उनले लिथुनियाँसँगको खेलमा ह्याट्रिकसहित ४ गोल गर्दा ४० फरक राष्ट्रविरुद्ध गोल गर्ने खेलाडी पनि बने । पोर्चुगलका लागि आफ्नो ९३औं गोल गर्दा सर्बिया, स्पेन, अर्जेन्टिना, क्रोएशियालगायत फरक देशविरुद्ध गोल गरे ।

उनले बोस्निया एण्ड हर्जेगोभिया, न्यूजिल्याण्ड, बेल्जियम, रसिया, काजकस्तान, वेल्स, साइप्रस, अजरबैजान, डेनमार्क, ग्रीस, स्वीडेन, पोल्याण्ड, चेक रिपब्लिक, पानामा, इरान, फिनल्याण्ड, घाना, मोरोक्को, इक्वाडर, आयरल्याण्ड, साउदी अरेबिया, एन्डोरा, लक्जम्र्बग, इजिप्ट, हंगेरी, नर्थेन आयरल्याण्ड, नेदरल्याण्ड्स, इस्टोनिया, स्वीट्जरल्याण्ड, क्यामरुन, फ्रोइ इस्ल्याण्ड, अर्मेनिया, स्लाकोभिया, उत्तर कोरिया र लिथुनियाँ गरी ४० देशविरुद्ध गोल गरेका छन् ।

newss

सोमबार राति भएको खेलमा रोनाल्डोले ४ गोल गर्दा पोर्चुगलले लिथुनियाविरुद्ध ५–१ गोल अन्तरको फराकिलो जित निकालेको थियो । सो खेलमा रोनाल्डोले सातौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सुरुआती अग्रता बनाएका थिए । यस्तै रोनाल्डोले खेलको ६१औं मिनेटमा राफा सिल्भाको पासमा गोल गरे भने ६५औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गरे । यसैगरी खेलको ७६औं मिनेटमा पुनः बर्नान्डो सिल्भाको पासमा गोल गर्दै रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘बी’को दोस्रो स्थानमा रहेको पोर्चुगलले पोर्चुगलले ४ खेलमध्ये २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै ८ अंक बनाएको छ । यता, ५ खेल खेलेको युक्रेन भने सो समूहको शीर्ष स्थानको टोली हो । उसँग १३ अंक छ । यता, पराजित लिथुनियाँ भने १ अंकका साथ सो समूहको पुछारमा छ ।

Loading...