fbpx

इन्टर मियामीका लागि मेस्सीलाई डेभिड बेकह्यामको प्रस्ताव !

एजेन्सी, २५ भदौ । लिजेन्ड खेलाडी डेभिड बेकह्यामले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई प्रस्ताव राखेको जनाइएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बेकह्यामले अर्जेन्टिनी कप्तान मेस्सीलाई आफ्नो क्लब इन्टर मियामीका लागि प्रस्ताव राखेका हुन् ।

gam,e

स्पेनिस मिडिया ‘क्लब डी ला मिट्जानिट’का अनुसार बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीलाई बेकह्यामले आफ्नो क्लबमा अनुबन्ध हुन प्रस्ताव राखेका हुन् । मियामीले सन् २०२० बाट अमेरिकी लिग एमएलएस खेल्न थाल्नेछ । मियामीका मालिकसमेत रहेका बेकह्यामले एमएलएस खेल्नुअघि आफ्नो टोलीलाई बलियो बनाउनका लागि मेस्सीलाई क्लबमा भित्र्याउन चाहेको बताइएको छ ।

newss

खबरका अनुसार ३२ वर्षीय मेस्सीका लागि बेकह्यामले ठूलो अफर गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि, यस विषयमा मेस्सी र मेस्सीले खेलिरहेको टोली बार्सिलोनाले भने आधिकारिक रूपमा केही पनि जानकारी दिएको छैन ।

तर, लामो समयदेखि बार्सिलोनाबाट खेलिरहेका मेस्सीमाथि धेरै अगाडिबाट बेकह्यामको नजर छ । म्यानचेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्वस्टार समेत रहेका उनले केही समयअघि नै मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन चाहेको बताउँदै आएका छन् । मेस्सी मात्र नभएर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि पनि उनको नजर रहेको बताइएको छ ।

४४ वर्षीय इंग्ल्याण्डका स्टार बेकह्याम अमेरिकी क्लब इन्टर मियामीका मालिक हुन् । उनीमात्र नभएर मार्सेलो क्लाउरे, जर्ज मास र मासायोशी सन् पनि मियामीका मालिक हुन् ।

Loading...