fbpx

विराटनगरको नाटक महोत्सवमा आज छाउपडी मञ्चन हुँदै

विराटनगर, २५ भदौ । आरोहण गुरुकुल विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा बुधबार ‘छाउपडी’ मञ्चन हुने भएको छ । हाटखोला स्थित सुशीला कोइराला नाटक घरमा सप्तकोशी बोडिङ स्कुलका विद्यार्थीहरुले तयार पारेको नाटक ‘छाउपडी’ मञ्चन हुने भएको हो ।

भदौ २० गतेबाट सुरु महोत्सवमा मंगलबार सेन्ट जोसेफ स्कुलका विद्यार्थीहरुले तयार पारेको नाटक ‘लक्ष्मीपूजा’ मञ्चन गरिएको थियो । कक्षा १० को पाठ्यक्रममा रहेको सो कथालाई नाट्य रुपान्तरण गरि कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थीलाई आरोहण–गुरुकुल विराटनगरका विद्यार्थी भरत कार्कीले निर्देशन गरेका थिए ।

यस्तै भदौ २६ गते बिहीबार बुढानिलकण्ठ स्कुलका विद्यार्थीले तयार पारेको ‘नासो’ मञ्चन गरिने छ । भदौ २७ गते शुक्रबार लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले तयार पारेको ‘प्रधानमन्त्री’ भदौ २८ गते सनिबार श्री श्री रविशंकर विद्या मन्दिरले तयार पारेको ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ र अन्तिम दिन भदौ २९ गते रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक टिचिङ स्कुलले तयार पारेको ‘परिवेश’ नाटक मञ्चन हुनेछ ।

Loading...