fbpx

ब्राजिलमाथि पेरुको कठिन जित

विराटनगर, २५ भदाै । मैत्रीपूर्ण खेलमा पेरूले ब्राजिललाई पराजित गरेको छ । बुधबार बिहान भएको मैत्रिपूर्ण खेलमा पेरुले ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पेरुको जितमा लुइस एब्राम नायक बने । खेलको ८५ औं मिनेटमा उनले गरेको गोल नै निर्णयक बन्यो ।  पहिलो खेलमा दुबै टोलीले राम्रो मौका बनाएपनि गोल गर्न सकेनन् । दोस्रो हाफमा पेरुकालागि लुइसले निर्णयक गोल गरे ।

जितसँगै पेरुले दुई महिना अघि सम्पन्न कोपा अमेरिका फुटबलमा ब्राजिल विरुद्ध भोगेको हारको बदला लिएको छ । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले पेरु विरुद्ध ३–१ को जित निकाल्दै उपाधि जितेको थियो । कोपा अमेरिकाकै समुह चरणको खेलमा ब्राजिलले ५–० गोल अन्तरले पेरुलाई पराजित गरेको थियो ।

newss

Loading...