fbpx

भतिजले खुकुरी प्रहार गर्दा काका गम्भीर घाइते

खोटाङ, २५ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका छन् । आफ्नै भतिजो दिनेशले खुकुरी प्रहार गर्दा बालाराम घाइते भएका हुन् ।

मंगलवार राति ९ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका दिनेशले सामान्य बादबिबादकै क्रममा बालारामको टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

खुकरी प्रहारबाट घाइते कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...