fbpx

नेपाल प्रहरीको तीन स्थानमा भवन निर्माण हुँदै

काठमाडौं, २५ भदौ । नेपाल प्रहरीले काठमाण्डौका तीन स्थानमा आधुनिक भवन निर्माण थालेको छ । महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नेपाल प्रहरीले आधुनिक भवन निर्माण थालेको हो ।
नेपाल प्रहरीका महानिरिक्षक सबेन्द्र खनालले नयाँ बन्ने तीनवटै भवनको २४ भदौमा छुट्टाछुट्टै शिलान्यास गरे । सरकारबाट प्राप्त ९ रोपनी जग्गामा महानगरिय प्रहरी अपराध महाखा १५ रोपनी जग्गामा महानगरीय प्रहरी परिसर २६ रोपनी २ आना १ पैसा ३ दाम जग्गामा पुलिस क्लव भवन दुई बर्ष भित्र निर्माण भैसक्ने छ ।

Loading...