fbpx

मेस्सी बिनाको खेलमा अर्जेन्टिनाको सानदार जित, मार्टिनेजकाे ह्याट्रिक

विराटनगर, २५ भदौ । नियमित कप्तान लियोनल मेस्सी बिना मैदान उत्रिएको अर्जेन्टिनाले मेक्सीकोमाथि सानदार जित हासिल गरेको छ । बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४–० गोल अन्तरको जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ह्याट्रक गरे । पहिलो हाफको १७, २२ र ३९ मिनेटमा गोल गर्दा लियोनार्दाे पेरेडेस ३३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । पहिलो हाफ ४–० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफको खेलमा राम्रा अवसर बुनेपनि गोल गर्न सकेन् ।

पाँच दिन अघि भएको मैत्रीपूर्ण खेलमा स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको अर्जेन्टिना चिलीसँग बरावरीमा रोकिएको थियो । कप्तान मेस्सी चोटका कारण टोलीबाहिर छन् ।newss

Loading...