fbpx

विश्वकप छनोट : एसियन च्याम्पियन टाेली कतारसँग भारतको बरावरी

विराटनगर, २५ भदौं । भारतले विश्वकप छनोट चरणको खेलमा बलियो टोली कतारसँग बरावरी खेलेको छ । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले मंगलबार कतारलाई उसैको घरेलु मैदानमा गोलरहित बराबरमा रोकेको हो ।

दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन टोली कतारलाई रोक्दै पहिलो अंक जोड्न सफल भएको हो ।

भारतले घरेलु मैदानमा ओमानविरुद्धको खेलमा पराजित भएको थियो । सन् २०१९ मा कतार एसियन टोलीसँग हार बेहोरेको छैन। एसिया कपको फाइनलमा जापानलाई पराजित गरेको कतार आफूभन्दा कमजोर टिम भारतसँग बरावरीमा रोकिएको हो । कतारलाई रोक्न  भारतीय गोलकिपर गुर्प्रित सिहंले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फिफाले सार्बजनिक गरेकाे बरियतामा कतार ६२औं  स्थानमा छ भने भारत १०३ स्थानमा छ ।

Loading...