fbpx

युरोकप छनोटमा रोनाल्डोको नयाँ किर्तिमान

विराटनगर, २५ भदौं । विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले युराे कप छनोटमा नयाँ रेकर्ड बनाएका छन् । पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डो युरो छनोटमा सर्वाधिक गोलकर्ताको रेर्कड बनाएका हुन् ।

रोनाल्डोले मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दा युरोकप छनोटमा सर्वाधिक २५ गोलको किर्तिमान बनेको हो । युरोकप छनोट खेलमा आयरल्यान्डका रोबी किनको नाममा २३ गोलको कीर्तिमान थियो । रोनाल्डोले मंगलबार किनको किर्तिमान तोडेका हुन् । game

मंगलबार लिथुआनियाविरुद्ध खेलको सातौं मिनेटमा गोल गर्दै रोनाल्डोले गोलको खाता खोलेका थिए । खेलको ६२ र ६५ औं मिनेटमा ह्याट्रिक पूरा गरेका रोनाल्डोले ११ मिनेटपछि पून १ गोल गरे । कप्तान तथा स्टार खेलाडी रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे गर्दा विलिययम कार्भाइल्होले एक गोल गरे । पराजित टोली लिथुनियाँका लागि वितुतास एन्ड्रिउस्केभिससले एक गोल फर्काए ।

एक दशक यता विश्व फुटबलमा प्रभाव जमाएका रोनाल्डा अन्तराष्ट्रिय फुटबलमा पनि नयाँ रेकर्ड नजिक छन् । १ सय ६० अन्तराष्ट्रिय खेल खेलेका राेनाल्डाेले ९३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अन्तराष्ट्रिय गोलको किर्तिमान नजिक रहेका राेनाल्डाे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएका इरानका अली दाइ भन्दा १६ गाेल अन्तरले पछि छन् । अलिकाे नाममा १०९ अन्तराष्ट्रिय गाेल छ । अन्तराष्ट्रिय गोल किर्तिमानमा रोनाल्डोपछि भारतका सुनिल क्षेत्री छन् । क्षेत्रीले १ सय १२ खेलमा ७२ गोल गरेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १ सय ३६ खेलमा ६८ गोल गरेका छन् ।newss

Loading...