fbpx

पत्रपत्रिकामा प्रदेशः पदाधिकारीकै मिलेमतोमा काटिदै रुख

विराटनगर २५ भदौ । कान्तिपुर दैनिकमा छापिएको खबरमा झापाका सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा रुख काटेर तस्करी हुने गरेको समाचार छ । झापामा ५४ वटा सामुदायिक वन रहेको र अधिकांशमा पदाधिकारीकै मिलेमतोमा तस्करी हुदै आएको छ ।

कतिपय घटना बाहिर आएका छैनन् । डिभिजन वन कार्यालय झापाले यो वर्ष १३ वटा मुद्धा अदालतमा दायर गरेको छ । जसमा २७ जनालाई मुद्धा चलाइएको हो । झापामा वन क्षेत्र वर्षेनी घट्दो क्रममा छ । हाल १८ हजार ६५ हेक्टरमात्रै वन रहेको छ ।

newss

नेकपा दुहवी र इटहरीमा विवाद भएको खबर उद्घोष दैनिकमा छ । इटहरीमा नेकपाको विवाद बढ्दै जाँदा कार्यालयमा तालाबन्दीदेखि पत्रकार सम्मेलन हुँदै चरम गुटबन्दीमा पुगको छ । तत्कालिन एमालेका इटहरी ५ का अध्यक्ष वीरेन्द्र गौतमले पार्टीभित्र चरम असन्तुष्टि बढेपनि पार्टी नेतृत्व चुपचाप बसेको आरोप लगाए ।

पार्टी भित्रको असन्तुष्टिलाई ५ सय ३७ जनाको हस्ताक्षरसहितको ज्ञापन पत्र नगर अध्यक्षलाई बुझाएको बताए । पार्टीमा मनपरितन्त्र हावी भएको तत्कालिन नेकपा एमाले वडा नम्बर ४ का उपसचिव सुनिल कार्कीले बताए ।

दुहवी नगरपालिकामा संगठनको हिसाबमा पूर्व एमाले र पूर्व माओवादीको एकतापछि पनि विवाद भएको कारण नेकपा पछि परेको कार्यकर्ताहरुले बताए । दुहवी नगरसमिति बनाउदाँ चाप्लुसीको आधारमा ठुलो पद दिएको भन्दै दुहवी नगर अध्यक्ष सौकाल अलिले वर्तमान नेकपा दुहवी नगर समितिप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।

दशैँको पूर्वसन्ध्यामा विराटनगरमा यसपटक कोशेली महोत्सव हुने भएको छ । न्यू सृष्टि दैनिकमा छापिएको खबरमा उद्योग संगठन मोरङले ४ दिने कोशेली महोत्सव गर्न लागेको उल्लेख छ । असोज १० देखि १४ गतेसम्म जैन भवनमा कोशेली महोत्सव अयोजना गरिने संगठनका अध्यक्ष भीम घिमिरेले बताए ।

भोजपुरमा चियाखेती विस्तार हुँदै शिर्षकमा नागरिक पूर्वेलीमा खबर छ । मुख्यबाली मकैमा देखिएको रोगसँगै उत्पादनमा ह्रास आएपछि भोजपुरका किसान वैकल्पिक खेतीको रुपमा चियाखेती गर्न शुरु गरेका छन् । भोजपुर नगरपालिका भित्र पर्ने पर्यटकीय क्षेत्र धापखर्क र सुन्तलेमा चियाखेती विस्तार गरिने भएको छ । यसकोलागि नगरपालिकाले कृषि सहकारी संस्थाहरुसँग सहकार्य गर्ने जनाएको छ ।

भोजपुर नगरपालिका २ हेलौक्षा, वडा नम्बर ५ बोखिम, वडा नम्बर १० भैंसीपंखा लगायतका स्थानलाई समेटेर चिया जोनको रुपमा विस्तार गर्ने योजना शुरु गरिएको हो ।

Loading...