fbpx

पत्रपत्रिकामा देशः अब पाइपबाटै तेल

विराटनगर २५ भदौ । संघीय राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुले भारतबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ योजना पुरा भएको खबरलाई मुख्य खबर बनाएर छापेका छन् ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको पाइपलाइन मंगलबारदेखि नै सञ्चालनमा आएको छ । यो समाचारलाई कान्तिपुर दैनिकले अब पाइपबाटै तेल शिर्षकामा छापेको छ । यस्तै नागरिक दैनिकले शुरु भयो पाइपबाट डिजेल ढुवानी शिर्षकमा मुख्य समाचार छापेको छ । अन्नपूर्ण पोष्टमा यही समाचार पाइपबाट इन्धन शिर्षकमा छापिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।

newss

नेपाल भारत पेट्रोलियम पाइपलाइन सम्झौता भएको १५ वर्षपछि निर्माण सम्पन्न भएको छ । पाइपलाइनबाट वार्षीक २० लाख मेट्रिक टन ल्याउन सकिने छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६२ किलोमिटर पाइपलाइन निर्माण गरि ढुवानी थालिएको हो । नेपाल आयल निगमले पाइपबाट डिजेल ल्याउन शुरु गरेपछि लागत घटेको भन्दै पेट्रोल, डिजल र मट्टितेलमा २ रुपैयाँ प्रति लिटर घटाएको छ । नयाँ मुल्य हिजोदेखि नै कार्यान्वयनमा आएको हो ।

सत्यनिरूपणमा सघाउँछौँ सेना शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । नेपालीव सेनाले शान्ति प्रकृयाका बाँकी काममा बाधक नहुने स्पष्ट पारेको छ । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट भएका मानव अधिकार उल्लंघन सम्बन्धि घटना छानबिन गर्ने सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई भइरहेको बेला सेनाले संक्रमणकालका बाँकी विषय टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सैनिक मुख्यालयमा आयोजना भएको कार्यक्रममा मुलुक राजनीतिक स्थिरतासँगै संक्रमणकालबाट पार हुने क्रममा रहेको भन्दै समृद्धिको लागि आन्तरिक सुरक्षा पनि उत्तिकै मजबुत हुनु पर्ने बताए । उनले संक्रमणकालका केही अवशेष बाँकी छन् भने पनि त्यसमा नेपाली सेना बाधक नहुने बताए ।

दाहालको घरबेटीलाई मेलम्चीको ठेक्का शिर्षकमा नागरिक दैनिकमा खबर छ । ठेक्का लिएका सडक र पुल निर्माण समयमै नगरि आलोचित बनिरहेका तर राजनीतिक शक्तिको आडमा कालोसुचीमा नपरेका सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारीको घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसिरहेका छन् ।

सैलुङले भारतीय सिआइपिइएलसँग ज्वइन्ट भेन्चरमा १ अर्व ४१ करोड रुपैयाँको लागतमा बन्ने १ सय ५ किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको ठेक्का पाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजनाका कार्यान्वयन निर्देशनालय प्रमुख तिरेश खत्रीले सिआइपिइएल सैलुङ जेभीले कम रकम कबुल गरेकोले ठेक्का पाएको बताए ।

Loading...