fbpx

कपाल र छालाको समस्या हटाउन सफा सिरानीको प्रयोग

विराटनगर, २५ भदौ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहीलाई पनि मीठो निद्रा चाहिने हुन्छ । शरीरमा काम गर्नको उर्जा पैदा गर्नका लागि र शरीर र मानसिक रूपले स्वास्थ्य रहनका लागि निन्द्राले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

दिनभरिको काम, थकान, तनाव हटाउन र मीठो निन्द्राका लागि नरम ओछ्यान, आरामदायिक सिरानीको प्रयोग गरिन्छ । कोहीलाई बिनासिरानी, नरम सिरानी तथा कोहीलाई कडा सिरानीमा मीठो निन्द्रा लाग्ने गर्छ । अझ कसै–कसैले त दुई वा दुईभन्दा धेरै सिरानीको प्रयोग गरिरका हुन्छन् । तर, अध्ययनहरूका अनुसार वास्तवमा सुत्दा कहिले पनि सिरानीको प्रयोग गर्नु हुँदैन ।

newss

हरेक दिन सुत्दा प्रयोग गर्ने सिरानीले टाउको, घाटी र ढाडको सन्तुलनलाई बिगारिरहेको हुन्छ । सिरानीको प्रयोगले भविष्यमा गएर ढाड तथा घाटी दुख्ने समस्या निम्त्याउन सक्छ । यसका साथै सिरानीले कपाल र छालामा नकारात्मक असर पुर्याइरहेको हुन्छ । कपाल र छालालाई स्वास्थ्य राख्नका लागि विभिन्न उपायहरू अपनाइ राख्दा पनि कपाल तथा छाला स्वास्थ्य हुन सकेन भने यसको कारण सुत्दा प्रयोग गरिएको सिरानीसमेत हुनसक्छ ।

राति सुत्दा कपालको ख्याल नगरेको खण्डमा कपाल छिट्टै टुक्रिने वा रुखो हुने समस्या देखा पर्न थाल्छ । राति सुत्ने पोजिशनसँगै कपालको पोजिशन पनि बेला बेलामा परिवर्तित हुने हुँदा सिरानीमा कपाल बटारिएर, लट्टा पर्ने, झर्ने तथा कपालमा क्षति पुग्न जान्छ । सुत्दा प्रयोग गरिने सिरानीले कपाल तथा अनुहारको नरमपन तथा प्राकृतिक तेल सोछेर कपाल तथा छालालाई रुखो, सुख्खा बनाइरहेको हुन्छ । हामीले आँखाले नदेख्ने गरि सिरानीमा ब्याक्टेरिया, भाइरस, धूलो, फोहोर, कपाल, रौं र टाउको र अनुहारको तेलजस्ता विभिन्न कुराहरू टाँसिएका हुन्छन् ।

सुत्दा अनुहार सिरानीको सम्पर्कमा आएर त्यसमा भएको कणहरू अनुहारमा टाँसिन्छ, जसले गर्दा अनुहारका रौँ छिद्रलाई बन्द गरेर असर पुर्याउने हुन्छ । अनुहार तकियामा रगडिँने हुँदा पनि छाला छिट्टै चाउरी पर्न सक्छ । साथै, यस्ता फोहोरका कणले अनुहारमा डण्डीफोर, चाया, पोतो तथा विभिन्न छालाका समस्याहरू उत्पन्न गराउन सक्छ । दैनिक सिरानी नलगाइकन सुत्दा राम्रो निद्रा लग्नुका साथै टाउको, गर्दन र काँधका नसाहरूलाई आराम पुग्ने हुँदा दुखाइबाट छिट्टै आराम पनि हुने गर्छ । मिठो निन्द्रा पुगेको खण्डमा भोलिपल्ट बिहान उठ्दा आराम र ताजा अनुभव हुने गर्छ ।

यदि कसैलाई गर्दन, काँध वा ढाडको समस्या छ भने एक्कासी प्रयोग गरिरहेको सिरानी छोड्नु गर्नु हुदैन । यसले निद्रामा असर पुर्याउनुका साथै दिनदिनै झर्को, तनाव र थकान अनुभव गर्न थालिन्छ । बिस्तारै–बिस्तारै गरेर सिरानी प्रयोग गर्ने बानीलाई हटाउनु पर्छ । सिरानीमा आराम मिल्ने र यसलाई छोड्न मन नलागेको वा छोड्न नसकेको खण्डमा ओछ्यान र सिरानीको सरसफाइमा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ । हरेक हप्तामा ओछ्यानको तन्ना र दुई दिनमा सफा सिरानीको खोल फेर्नु पर्छ र ६ महिनामा त पूरै सिरानी नै फेर्नु उचित हुन्छ ।

सफा ओछ्यान र सिरानीले कपाल तथा अनुहार र शरीरको छालालाई सफा र स्वास्थ्य राख्न सहयोग गरिरहेको हुन्छ । सुत्नअगाडि अनुहारलाई सफा पानीले धोएर नाइट क्रिम लगाएर र कपाल टुक्रा हुन नदिन कपालमा हल्का तेल लगाएर बाँधेर आरामदायिक र नरम सिरानीको प्रयोग गर्नलाई डाक्टरहरूले सुझाव दिएका छन् । कडा सिरानीले झन् ढाड, गर्दन र टाउकोमा नराम्रो असर पुर्याउने हुदा सकेसम्म सिरानीको प्रयोगलाई त्याग्नुपर्छ अथवा नरम सिरानीको प्रयोग गर्नु पर्छ । सुत्दा कहिले पनि एउटाभन्दा बेसी सिरानीको प्रयोग गर्नु हुँदैन ।

Loading...