fbpx

रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेपछि पोर्चुगलको फराकिलो जित !

विराटनगर, २५ भदौ । सन् २०२० को युरो कप छनौट खेलअन्तर्गत साबिकको विजेता पोर्चुगलले फराकिलो जित दर्ता गरेको छ । मंगलबार  भएको खेलमा पोर्चुगलले लिथुनियाविरुद्ध ५–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो ।

fgf

सन् २०१६ को युरो कप विजेता पोर्चुगलले लिथुनियाँको घरेलु मैदानमा उसैलाई हराउँदा कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेभने विलिययम कार्भाइल्होले एक गोल गरे । यता, पराजित टोली लिथुनियाँका लागि वितुतास एन्ड्रिउस्केभिससले एक गोल फर्काए ।

newss

पोर्चुगलले खेलको सातौं मिनेटबाट अग्रता बनाएको थियो । सातौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले सुरुआती अग्रता बनाए । तर, खेलको २८औं मिनेटमा घरेलु टोलीका लागि एन्ड्रिउस्केभिससले गोल गर्दै खेल बराबरीमा ल्याए । उनको गोलपछि खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा भने पोर्चुगलले ४ गोल गर्यो । उसका लागि रोनाल्डोले खेलको ६१औं मिनेटमा राफा सिल्भाको पासमा गोल गर्दै पुनः पोर्चुगललाई अग्रता दिलाए । त्यसको ४ मिनेट बित्न नपाउँदै रोनाल्डो ह्याट्रिक पूरा गरे । उनले खेलको ६५औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए ।

यसैगरी खेलको ७६औं मिनेटमा रोनाल्डोले एक गोल थपे । उनले पुनः बर्नान्डो सिल्भाको पासमा नै गोल गरे । उनको गोलपछि पोर्चुगलले ४–१ गोलको अग्रता बनाएको थियो । यस्तै खेलको इन्जुरी समयमा कार्भाइल्होले गोल गरेपछि पोर्चुगलले ५–१ गोलको फराकिलो जित निकाल्यो ।

यस जितसँगै समूह ‘बी’को दोस्रो स्थानमा रहेको पोर्चुगलले पोर्चुगलले ४ खेलमध्ये २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै ८ अंक बनाएको छ । यता, ५ खेल खेलेको युक्रेन भने सो समूहको शीर्ष स्थानको टोली हो । उसँग १३ अंक छ । यता, पराजित लिथुनियाँ भने १ अंकका साथ सो समूहको पुछारमा छ ।

Loading...