fbpx

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

भदौ २४, सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारबिरुद्ध आन्दोलन गर्नु पर्ने अवस्था आउने भन्दै तयारीमा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सुनसरीमा दोस्रो जनजागरण अभियानको औपचारिक शुरु गर्दै सभाापति देउवाले वर्तमान सरकारको रवैया निरंकुश देखिएको भन्दै आन्दोलन गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।

जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका हुन् । बढ्दो बाह्य हस्तक्षेपले मुलुकको शाख र समृद्धि गुम्ने अवस्थामा पुगेको भन्दै संविधानको रक्षाका लागि कांग्रेस जनजागरण अभियानको थालेको देउवाले बताए ।

newss

 

देउवाले दोस्रो जनजागरण अभियान देशभरका जनतामाझ नेकपा सरकारको निरंकुश र झुटको खेतीलाई चिर्नेतर्फ केन्द्रित रहने बताए। आवश्यक परे सरकार विरुद्ध आन्दोलनमा उत्रने उनको चेतावनी थियो। यसका लागि सबै पार्टी पंक्तिलाई र भातृ संगठनलाई तयारी अवस्थामा रहन समेत देउवाले निर्देशन दिए।

Loading...