fbpx

मध्यरातमा भारतबाट कुखुरा तस्करी, ५७२ वटा कुखुरा किसानले प्रहरीलाई बुझाए

विराटनगर, २४ भदाै । भारतबाट आयत गरिएको अबैध बोइलर कुखुरा किसानले नियन्त्रणमा लिएका छन् । मध्यरातमा सुनसरीको घुस्की हुँदै भित्रिएको ५ सय ७२ वटा जिउँदो कुखुरा किसानले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

मंगलबार विहानको राति स्थानीय कृषक र प्रहरीले भारतबाट भित्रिएका ११ वटा मोटरसाइकलसहित ५ सय ७२ वटा कुखुरा सुनसरीको दुहबी र छिटाहाबाट नियन्त्रणमा लिएका हुन् ।

तस्करहरुले मध्यरातमा आयात गरेको कुखुरा स्थानीय बजार सम्म पूर्याउँदै आएका थिए । स्थानीय व्यावसायी प्रकाशकुमार माझीका अनुसार मध्यरातमा तस्करी हुने कुखुरा काठमाडौंसम्म पुग्ने गरेको छ । तर प्रहरीले भने कडाई  गरेकाे छैन् ।

भारतबाट अबैध बाटो हुँदै भित्रिएको कुखुराका कारण स्थानीय कृषकको कुखुरा बिक्री नभएपछि कृषकले प्रशासनलाई  तस्करी राेक्न अनुरोध गरेको कुखुरा पालक कृषक गणेश कुँवरले बताए । मंगलबार बिहानको राति मात्र ११ वटा मोटरसाइकलबाट ५ लाख मुल्य बरावरको १५ सय किलो बोइलर कुखुरा नियन्त्रणको उनले बताए । जसकाे बजार मुल्य पाँच लाख भन्दा बढी छ ।

खुला सिमा नाका हुँदै भित्रिएका कुखुरा स्थानीय बजार इटहरी, इनरुवा, झुम्का खनरा हुँदै मोरङको पथरीसम्म पुग्दै आएको कुँवरकाे दाबि छ । केही दिनयता गस्ती सुरु गरेको बताउँदै उनले सुनसरीको हरिनगरको घुस्कीबाट छिटाह हुँदै भित्रिएका मध्ये ११ वटा मोटरसाइलमा नियन्त्रणमा लिएपनि केही भागेको बताए ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगरका निमित्त प्रमुख केशवकुमार सिंहका अनुसार बर्डफ्लूका कारण कुखुरा जिल्ला निकासीमा पनि कडाई छ । तर खुला सिमा हुँदै भारतबाट भित्रिएको अबैध कुखुरा प्रहरीले बुझाएपछि नष्ट गरिएको बताए । सुनसरीका व्यवसायीका अनुसार कुखुरा तस्करहरुले सिमावर्ती क्षेत्रमा खोर बनाएका छन् । दर्ता गरेका खोरमा भारतबाट आयत गरिएको कुखुरा नेपालको उत्पादन भन्दै बिल बनाएर बिक्री गर्ने गरेका छन् ।

Loading...