fbpx

विश्वकप छनाेट : अञ्जन चम्कदा नेपालकाे पहिलाे जित

काठमाडौं, २४ भदाै । विश्व कप छनोट चरणको खेलमा नेपालले चाइनिज ताइपेलाई पराजित गरेको छ । मंगलबार भएको छनोट चरणको दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गाेल अन्तरले पराजित गरेको हो । नेपालको जितमा अञ्जन विष्ट नायक बने । विष्टले पहिलो हाफको तेस्रो मिनेट र दोस्रो हाफको ६३ औं मिनेटमा नेपालकालागि गोल गरे ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ ।  विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपालले पहिलो एतिहासिक जित दर्ता गराएको हो । नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । पहिलाे हाफ १–० ले अघि रहेकाे नेपालकालागि ६३ औं  मिनेटमा अञ्जनले  अग्रता  दाेब्बर बनाए ।

घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण गरेपनि नेपालको जाली चुम्न सकेको थिएन् । सन् २०२२ को विश्व कप छनोटको आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० लज्जास्पद हार बेहोरेको नेपाली टोली दबावमा थियाे । दाेस्राे खेलमा सुधारिएको प्रदर्शन गर्दै चाइनिज ताइपेविरुद्ध उसकै मैदान जित हासिल गर्दै महत्वपूर्ण तीन अंक बटुलेकाे हाे ।

प्रशिक्षक योहान कालिनले कुवेत विरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा परेका खेलाडी मध्येबाट तीन खेलाडी परिवर्तन थिए । पहिलो रोजाईमा परेका अञ्जनले नेपालको जित सुनिश्चि गरे ।

प्रशिक्षक कालिनकाे पहिलाे राेजाइमा किरण चेम्जोङ (कप्तान, गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर परेका थिए ।

नेपाल, चाइनिज ताइपे रहेको विश्व कप छनोटको समूहमा जोर्डन, अस्ट्रेलिया र कुवेत पनि छन् ।

newss

 

Loading...