fbpx

एसिड आक्रमणबाट पीडित मुस्कानलाई प्रदेश २ सरकारको ५ लाख सहयोग

विराटनगर, २४ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले एसिड आक्रमणमा घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । एसिड आक्रमण पीडित मुस्कानलाई कीर्तिपुर अस्पतालमा भेट गर्न पुगेका मन्त्री लालबाबुले मुस्कानलाई ५ लाख सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

यस्तै सांसद प्रदीप यादवले पनि मुस्कानको उपचारका लागि ५० हजार सहयोग गरेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत मुस्कानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । हिजो मात्र प्लास्टिक सर्जन डा. सुयोग मैनालीले मुस्कानको परिवारलाई उनको उपचारको लागि १ लाखको सहयोग हस्तान्तरण गरेका हुन् ।

newss
ADVT

भदौ २० शुक्रबारका दिन हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया मुस्कानलाई बिहान ६ बजेतिर विद्यालय जान लागेको बेलामा एसिड प्रहार भएको थियो । कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचारित मुस्कानलाई अहिले खतरामुक्त भएको चिकित्सकले जानकारी दिएका छन् ।

Loading...