fbpx

यस्तो अवस्थामा सेवन नगर्नुहोस् लसुन

विराटनगर, २४ भदौ । लसुन तरकारीको स्वाद र वास्ना बढाउनका लागि भान्सामा दैनिक रूपमा प्रयोग गरिने गरिन्छ । तरकारीलाई स्वादिलो बनाउनका लागि मात्र नभएर स्वास्थ्यमा विभिन्न लाभका लागि पनि लसुन निकै उपयोगी हुन्छ ।

लसुनमा शरीरलाई चाहिने भिटामिन ‘बी–१’, ‘बी–६’, ‘सी’, मिनरल्सयुक्त पोषक पदार्थ तथा म्यागजिन, क्याल्सियम र कपर भरपुर मात्रामा पाइन्छ । आयुर्वेदका अनुसार लसुनलाई औषधिको रूपमा समेत प्रयोग गरेको पाइएको छ । तर, यसका विभिन्न फाइदा भएपनि यो सँगसँगै यसका बेफाइदाहरू पनि जोडिएका छन् ।

newss
ADVT

दिनहुँ प्रयोग गरिने लसुनका धेरै फाइदा भए पनि केही बेफाइदा रहेका छन् । लसुन सेवन गरेपछि त्यसको साइड इफेक्ट जस्तै, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्हाउने जस्तो समस्या हुन सक्छ । लसुनले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकमा जलन पैदा गरी ग्याष्ट्रिकको समस्या निम्त्याउन सक्छ । पाचनसम्बन्धी केही समस्या छ भने लसुनको प्रयोग नगरे नै राम्रो हुन्छ । लसुनको सानो टुक्रामा समेत तेज गन्ध हुने भएको हुँदा अत्यधिक सेवनले सासमा दुर्गन्ध फैलाउन सक्छ ।

खानामा लसुनको बढी प्रयोग गर्नु भनेको शरीरमा थप क्यालोरी जोड्नु हो । लसुनको सेवनले शरीरको तौल बढ्ने सम्भावना बढाएको हुन्छ । लसुनले रक्त नलीलाई फैलाउने काम गर्छ । लसुनको सेवन धेरै मात्रामा गर्दा घाउ लाग्दा वा शल्यक्रिया गर्दा अरु समयभन्दा धेरै रगत बग्ने गर्छ । त्यसैले, कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडिदेखि लसुन खान छोड्नु पर्दछ । लसुनले गर्दा सर्जरीपछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर संक्रमण हुन सक्छ । घाउ ठीक नभएसम्म हामीले लसुनको सेवन गर्नु हुँदैन ।

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउने हुँदा यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्छ । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक भए पनि कम रक्तचाप हुनेहरूको लागि लसुनको सेवन खतरनाक हुन सक्छ । यसले रगतलाई पातलो बनाउने भएको हुनाले रगत पातलो बनाउने औषधि सेवन गरिरहेकाहरूले यसको सेवन गर्नु हुँदैन । गर्वअवस्थामा यसको प्रयोग नगरेकै ठीक हुन्छ ।

झाडापखालाले ग्रसित भएको व्यक्तिले पनि लसुनको सेवन गर्नु हुँदैन । यदि, यस्तो अवस्थामा लसुनको सेवन गरेमा, लसुनको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याएर आन्द्रामा घाउ हुन सक्छ । त्यसपछि, दिसा गर्दा कडा पेट दुख्ने, दिसामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्न थाल्छ । आँखा रोगीहरूले तथा कलेजोको समस्या भएको व्यक्तिहरूले पनि लसुनको सेवन गर्नु हुँदैन । आँखा पाकेको व्यक्तिले लसुनले हानी पुर्याएर आँखाबाट रगत निकाल्न सक्छ ।

आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्न थाल्छ । लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गरेर पाचन प्रणालीमा नकारात्मक असर पर्दछ । जसले गर्दा लगातार बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्तिन सक्छ । हेपाटाइटिस हुनेहरूले लसुनको सेवन गर्नु हुँदैन ।

Loading...