fbpx

‘भिडियो कन्फरेन्स’मा मोदीले भने : ‘मित्र ओलीजी, म चाँडै नेपाल आउनेछु’

काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू चाँडै नेपाल भ्रमणमा आउने बताएका छन् । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको मंगलबार उद्धाटन गर्दै ‘भिडियो कन्फरेन्स’माफत् यस्तो बताएका हुन् ।

afafd

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका थिए । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरेका थिए ।

सोही ‘भिडियो कन्फरेन्स’मा मोदीले आफू नेपाल आउने जानकारी दिएका हुन् । उद्घाटनमा बोल्दै मोदीले भनेका छन्, ‘यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँसमक्ष आउने मेरो पनि इच्छा छ । म चाँडै नेपाल आउने प्रयास गर्नेछु ।’

यसैगरी मोदीले नेपाल र भारतबीच पारिवारिक र साँस्कृतिक सम्बन्ध रहेको बताउँदै भने, ‘पछिल्ला वर्षहरूमा उच्च राजनीतिक तहमा नजिकको सम्बन्ध र नियमित सम्पर्क रहेको छ । पिपुल्स टु पिपुल्स सम्बन्ध हाम्रो सम्बन्धको आधार हो । पछिल्ला वर्षमा मैले यहाँसँग चार पटक भेटेको छु । यो विकासको लागि साझेदारीलाई निरन्तर अघि बढाउनु पर्छ ।’

यस्तै मोदीले पाइपलाइन निर्धारित समयमा पूरा भएको भन्दै खुशी व्यक्त गरे । अपेक्षाभन्दा छिटो पाइपलाइन बनेको बताउँदै मोदीले भने, ‘नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट यो सम्भव भएको हो ।’

newss
ADVT

परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको हो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ ।

मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ ।

Loading...