fbpx

एसिया कप : कप्तान रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो २ सय ८६ रनको लक्ष्य

विराटनगर, २४ भदौ । श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र यूएईले खेलिरहेका छन् । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा भइरहेको सो खेलमा नेपालले यूएईसमक्ष २ सय ८६ रनको लक्ष्य दिएको छ ।

game

टस हारेर फिल्डिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभर खेल्दा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका थिए । ८४ बल खेलेका रोहितले ९ चौका र एक छक्का प्रहार गरे । यस्तै ६ चौकाको सहायतामा सन्दीप जोराले ४८ रन बनाउँदा आरिफ शेखले ४५ रन बनाए । आरिफले ८ चौका हिर्काएका थिए ।

यस्तै राशिद खानले ४४ रन बनाए भने कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन बनाउँदा भीम सार्की १ रनमै आउट भए । रित गौतम र पवन शर्राफ भने शून्य रनमा नै आउट हुन पुगेका थिए ।

newss
ADVT

बलिङतर्फ भने सञ्चित शर्मा र आकाश ताहिरले समान ३-३ विकेट लिँदा पलालियापन मेइयापनले २ तथा रिशव मुखर्जीले एक विकेट लिए ।

आजको खेलमा नेपाल र यूएई दुवै टोली सान्त्वना जितको खोजीमा छन् । समूह ‘बी’ मा दुई खेल गुमाएको नेपाल अंकविहिन रहँदै तेस्रो स्थानमा छ भने यूएई पुछारमा छ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

Loading...