fbpx

चलचित्र क्षेत्रबाट हराएका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन

विराटनगर, २४ भदौ । नायक जीवन लुइटेलको आज जन्मदिन रहेको छ । सन् २००२मा मिस्टर नेपालको उपाधिसमेत जितेका नायकले आज आफ्नो ३८औं जन्मदिन मनाएका छन् । फिल्म ‘तिर्खा’ बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेका जीवनले आजसम्म ६५ वटाभन्दा धेरै चलचित्रहरूमा काम गरिसकेका छन् ।

aaa

केही वर्ष अगाडिसम्म नेपाली चलचित्र बजारमा उनको चर्चा खुबै हुने गर्दथ्यो । नेपाली चलचित्रमा ‘नाई नभन्नु ल’ ले जीवनलाई स्टार बनाएको हो । ‘नाई नभन्नु ल’ तीनवटा सिरिजमा अभिनय गरेका जीवनले अन्य केही चलचित्रमा पनि काम गरे तर, सफलता हात पार्न सकेनन् ।

newss
ADVT

उनको स्टाइल, मुस्कान र अभिनयलाई दर्शकले निकै मनपराउने हुँदा जीवनलाई लिएर चलचित्रमा लगानी गर्न निर्माताहरू पनि धेरै थिए । तर, अफर आएका सबै चलचित्रमा काम गर्ने लोभले उनलाई अन्त्यमा कमजोर बनायो । नयाँ खालको कथावस्तुमा र नयाँ पुस्ताका हिरो अनमोल केसी, प्रदीप खड्कासंग दर्शक रमाउने भएकाले जीवनलाई कमजोर बनाएको थियो ।

कुनै जमानामा राज गरेका नायक जीवन लुइटेल अहिलेका पुस्ताका लागि नयाँ नाम हुन थालेको छ । स्टारडममा रमाउँदा रमाउँदै जीवन चलचित्र क्षेत्रबाट विस्तारै हराउँदै गएका छन् । अहिले जीवन अमेरिकामा छन् । अमेरिकामा नै जिन्दगी चलाइरहेका यी अभिनेताले अब आफ्नो पुरानै स्थानमा यो क्षेत्रमा बनाउने सम्भावना निकै न्यून देखिन्छ ।

Loading...