fbpx

दुईतिहाइ बहुमतको सरकारले कोशीपीडितको समस्यामा विशेष ध्यान दिनुपर्छ : गच्छदार

विराटनगर, २४ भदौ । नेपाली कांग्र्रेसका उपसभापति विजयकुमार गच्छदारले अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले कोशीपीडितको समस्यामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै उनले जनताका बलबाट स्थापित संघीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

newss
ADVT

संघीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिँदै उपसभापति गच्छदारले नेपाली कांग्र्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि हो भने । उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

Loading...