fbpx

पेट्रोलियम पदार्थको मूल्य घट्यो, घटेको मूल्य आजैबाट लागू हुने

विराटनगर, २४ भदौ । आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल–मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार अर्थात् आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको हो । अब मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

newss
ADVT

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

Loading...