fbpx

वर्ल्डलिंकको चाडपर्व अफर, ग्राहक बन्दा टिभी सेट र नेट टिभी सित्तैमा

बिराटनगर २४ भदौ । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाडपर्वहरु दसैँ, तिहार र छठको अवसर पारेर बिभिन्न अफर ल्याएको छ । वर्ल्डलिंककको बिराटनगर स्थित एक नम्बर प्रदे्श कार्यालयका प्रमुख प्रेमप्रसाद घिमिरेका अनुसार चाडपर्वको अफरमा ग्राहक बन्दा वा नविरकण गर्दा टिभी सेट र नेट टिभी सित्तैमा दिने अफर ल्याएको हो ।

शाखा प्रमुख घिमिरेका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी र सोहीशुल्कमा नेट टिभी जडान गर्न पाइन्छ । यसैगरि दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेटअफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौसय ९० रुपैयाँमा प्राप्त गर्ने छन। घिमिरेका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ ।
वर्ल्डलिंकको २५ र ४० र ६० एमबिपीएसको सेवा एक , तीन र ६ महिना अनि एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरणगरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीको एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेले जानकारी दिए ।

उनका अनुसार ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिनेछ । नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरुल्याउने गरेको शाखा प्रमुख घिमिरेले बताए । वर्ल्ड लिंकले किस्ताबन्दीमासमेत इन्टरनेट सेवा प्रदान गरिएको घिमिरेले बताए ।

नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरुल्याउने गरेको शाखा प्रमुख घिमिरेले बताए । वर्ल्ड लिंकले किस्ताबन्दीमासमेत इन्टरनेट सेवा प्रदान गरिएको घिमिरेले बताए ।

Loading...