fbpx

सुनसरीमा गाईपालन तर्फ कृषककाे आकर्षण बढ्यो

इनरुवा, २४ भदौ । गाईपालनबाट राम्रो आम्दानी हुने भएपछि सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित हुन थालेका छन् । थोरै मेहनतमा राम्रो आम्दानी हुनेभएपछि कृषकहरु गाइपालन तर्फ आकर्षित हुन थालेका हुन् ।

सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो । आव २०७५÷०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिए ।

जिल्लामा आव २०७४÷०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५÷०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका छन् ।

त्यसैगरी आव २०७४÷०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५÷०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए ।

२०७४÷०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५÷०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेको छ । रासस

Loading...