fbpx

पार्क, सामुदायिक भवन र भ्यूटावर निर्माणमा प्रदेश सरकारको प्राथमिकता

विराटनगर, २४ भदौ । एक नम्बर प्रदेश सरकारले शहीद र स्वर्गीय नेताका नाममा पार्क, विद्यालय र सामुदायिक भवन निर्माण र भ्यूटावरहरू निर्माण गर्न प्राथमिकतासाथ बजेट छुट्याएको पाइएको छ । चालुआर्थिक वर्ष २०७६–०७७ को बजेट बिनियोजन पुस्तकमा उल्लेख भएअनुसार एक नम्बर प्रदेश सरकारले शहीद र स्वर्गीय नेताहरूको नाममा भौतिक निर्माण र पर्यटन मन्त्रालयमार्फत सामुदायिक भवन, पार्क र भ्यूटावर निर्माणका लागि प्राथमिकतासाथ बजेट छुट्याएको पाइएको हो ।

प्रदेश सरकारले चालु वर्षमा संखुवासभाको चैनपुरमा डम्बर खड्का स्मृति भवनका लागि १० लाख र इलामको चुलाचुलीमा शहीद धिरेन राई स्मृति पार्क निर्माणका लागि १५लाख बजेट छुट्याइएको छ । ताप्लेजुङको याङ्बरकमा शहीद सामुदायिक भवन निर्माणका लागि १५ लाख, झापाको दमकमा शहीद हरि नेपाल स्मृति प्रतिष्ठानको भवनका लागि ५ लाख र झापाको कमल गाउँपालिकामा शहीद रामनाथ अध्यन मञ्चको भवनका लागि १५ लाख बजेट बिनियोजित छ ।

news
ADVT

यसैगरी झापाको हल्दिबारीमा शहीद चतुरमान स्मृति भवनका लागि १० लाख, ताप्लेजुङको फुंङलिंङमा मदनभण्डारी स्मृति प्रतिष्ठानका लागि १५ लाख बजेट छुट्याएको छ भने मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयका लागि १६ करोड र मदन भण्डारी स्र्पोर्ट्स एकेडेमीको खेल मैदानका लागि २५ लाख बजेट छुट्याएको छ ।

यस्तै झापाको अर्जुनधारास्थित सुखानी स्मृति पार्कका लागि ५० लाख, झापाको दमकमा शहीद हरिनेपाल स्मृति प्रतिष्ठान पार्कका लागि ३० लाख, मोरङको उर्लाबारीमा मदन भण्डारी साइन्स पार्कका लागि ५० लाख, संखुवासभामा शहीद पार्क निर्माणका लागि ४० लाख रकम छुट्याएको छ । यसैगरी मोरङको रतुवामाईमा मदन भण्डारी स्मृति पार्कका लागि ३० लाख सुनसरीको शहीद स्मृति प्रतिष्ठानका लागि ३० लाख, विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति पार्क तथा संग्राहलय निर्माणका लािग ५० लाख र मनमोहन पोली पर्यटकीय पूर्वाधारका लागि ५० लाख रुपैयाँ छुट्टिएको छ ।

यसैगरी सुनसरीको बराहक्षेत्रमा मदन आश्रित स्मृति पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन भएको पाइएको छ । तेह्रथुममा नेत्र गुरागाई स्मृति पार्क निर्माणका लागि ३० लाख, भोजपुर दिङ्ला बजारमा षडानन्द धर्मशाला निर्माणका लागि ६० लाख, भोजपुरकै मदन भण्डारी स्मृति भवन निर्माण गर्न १५ लाख, भोजपुरमा बिपी स्मृति भवन निर्माणमा २५ लाख र नारदमुनी थुलुंग स्मृति पार्कका लािग १० लाख र रामप्रसाद राई स्मृति पार्कका लागि १५ लाख रुपैयाँ छुट्टिएको छ ।

संंखुवासभाको माल्टा खाँदबारीमा शहीद पार्क निर्माणका लागि ५० लाख, ओखलढुंगाको चम्पादेवीमा शहीद पार्क सामुदायीक भवन निर्माणका लागि ३० लाख र ओखलढुंगाको रावावेशीमा मनमोहन स्मृति भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै खोटाङको दिक्तेलमा शहीद पार्क निर्माणका लागि २५ लाख, ओखलढुंगा रुम्जाटार पार्क निर्माणका लागि १० लाख बिनियोजित छ ।

मोरङमा बिपी कोइराला सामुदायिक सेवा केन्द्र भवन निर्माणका लागि ७५ लाख, सुनसरीको इटहरीमा शहीद साँस्कृतिक स्मृति भवनका लागि १० लाख र उदयपुरको चौदण्डीगढीमा नारदमुनी थुलुङ स्मृति भवनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

भ्यूटावरलाई पनि प्राथमिकता

प्रदेश सरकारले चालु वर्षको बजेटमा भ्यूटावर निर्माणलाई पनि प्राथमिकता दिएको छ । इलामको माईजोगमाईमा थुक्के भ्यूटावर निर्माणका लागि १५ लाख र उदयपुरमा माझखर्क भ्यूटावर निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन भएको छ । यसैगरी भोजपुरमा टेम्के भ्यूटावर निर्माणका लागि १ करोड गोरुकाटे भ्यूटावरका लािग ३० लाख र तेह्रथुमको म्याग्लुङमा भ्यूटावर निर्माणका लागि ३० लाख रुपैयाँ बिनियोजित छ ।

धार्मिक र जातीय संस्थालाई पनि प्राथमिकता

एक नम्बर प्रदेश सरकारले नेता र शहीद नाममा मात्र नभएर धार्मिक संस्था र जातीय समुदायका नाममा पनि उल्लेख्य रूपले भवन र पार्क निर्माणका लागि बजेट बिनियोजन गरेको पाइएको छ ।

पाँच पूर्वप्रधानमन्त्रीको शालिक बनाउँदै विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले विराटनगरका पाँच जना पूर्वप्रधानमन्त्रीहरू विश्वेश्वरप्रसाद कोइराला, माृतकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र नगेन्द्रप्रसाद रिजालको स्मृतिमा पार्कसहित एकै ठाउँ भव्य सालिक स्थापना गर्न बहुवर्षे योजनाअन्र्तगत आर्थिक वर्ष २०७६–०७७ का लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।

Loading...