fbpx

पत्रपत्रिकामा देशः राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन चीन सकरात्मक

विराटनगर २४ भदौ । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण र समझादारीका विषयलाई प्रमुखताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकमा राष्ट्रपतिको भ्रमण गराउन चीन सकरात्मक शिर्षकमा समाचार छ । यही समाचार अन्नपूर्ण पोष्टमा चिनियाँ आयोजना अघि बढ्ने शिर्षकमा छ भने नागरिक दैनिकले चिनियाँ विदेशमन्त्री भेटघाटमा व्यस्त शिर्षकमा मुख्य समाचार छापेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणबारे सकरात्मक संकेत दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे कुराकानी भएको र कहिले हुने भन्ने निक्र्यौल नभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए । वाङ तथा परराष्ट्रमन्त्री ज्ञवालीको उपस्थितीमा मनाङमा अस्पताल निर्माण गर्ने, स्वयंसेवक भाष शिक्षक आपुर्ति गर्ने र ५ हजार टेन्ट सहयोग गर्ने समझदारी भएको छ । यस्तै बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्र्तगत छनोट भएका आयोजना अघि बढाउन समेत चीन सहमत भएको छ ।

अन्नपुर्ण पोष्टमा सातै प्रदेशका कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द भएको खबर छ । प्रमुख उपप्रमुख घम्साघम्सी शिर्षकमा मुख्यपृष्ठमा छापिएको खबरमा कोही प्रतिनिधि अधिकार खोसिएको भन्दै अदालतसम्म पुगेको उल्लेख छ । प्रमुख उपप्रमुखको द्वन्द्वले सेवाग्राही मारमा परेका छन् । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख र उपप्रमुखको विवाद अदालतमा पुगेको छ ।

पाँचथरको मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष अमर माखिम र उपाध्यक्ष उर्मिला राईबीचको द्वन्द्व पनि सतहमा आएको छ । इलाम नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्बाङबीच २ वर्षदेखिको विवाद सामसुम भएपनि कार्यसम्पादन भने राम्ररी भएको छैन् ।

नयाँपत्रिका दैनिकमा ओली नेपाल १९ दिनदेखि बोलचाल बन्द शिर्षकमा मुख्य समाचार छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच १९ दिनदेखि बोलचाल नभएको हो । नेपाल बालुवाटार नगाएको र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलेपनि बोलाएर संवाद नफुकाएको समाचारमा छ । स्वास्थ्योपचारकालािग ओली सिंगापुर जानु अघि भदौ ५ गते बालुवाटारमा बसेको बैठकमा दुई नेताबीच भनाभन भएको थियो । बैठकको तिक्तता बैठकबाटै अन्त्य हुने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

कान्तिपुर दैनिकमा नागरिकताको सजाय कठोर शिर्षकमा मुख्यपृष्ठमा समाचार छ । सन्तानको नागरिकता प्राप्तिको लागि महिलाले बाबु भन्दै स्वघोषणा गरेको गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुलाई पनि सजाय हुने कानुन बन्न लागेको छ । बाबुको पहिचान हुन नसके आमाले स्वघोषणा गर्न पाउने र सोही आधारमा वंशजको नागरिकता दिने नागरिकता विधेयकमा उल्लेख छ । राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफलमा महिला र पुरुष सांसदबीच चर्काचर्की नै भएको छ ।

Loading...