fbpx

धाविका राईलाई मानार्थ विद्यावारिधि

काठमाडौं २३ भदौ । उकालीओराली दौड खेल (ट्रेल रनिङ) प्रवद्र्धन तथा सो खेलको अन्तरर्राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि दिइएको छ । अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले धाविका राईलाई विद्यावारिधि (पिएचडी)को उपाधि दिएको हो ।

प्रिसिडेन्टल विजनेस स्कुलले काठमाडौंमा सोमबार आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र विश्वविद्यालयका प्रा.डा. डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा पिएचडीको उपाधि प्रदान गरे । “ उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ ?”, उपाधि पाइसकेपछि उनले भनिन् ।

news
ADVT

कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपरेको बताउदै राईले जीवनदेखि हार नखाई अगाडि बढिरहदाँ ट्रेल अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान भएको बताइन् । उनले अझै यो प्रतियोगितमा केही गर्ने रहर भएको बताइन् ।

उपराष्ट्रपति पुन र प्रा.डा. मेकेनीले अमेरिकाको विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको त्यस स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

Loading...