fbpx

एसिड आक्रमण पीडित बालिकालाई डा सुयोगको १ लाख सहयोग

बिराटनगर, २४ भदौ । एसिड आक्रमणबाट घाइते भएकी बालिका मुस्कान खातुनलाई डा सुयोग मैनालीले उपचारका लागि १ लाख सहयोग गरेका छन ।
उपचाररत मुस्कान र उनको परिवारलाई किर्तिपुर अस्पतालमा भेट गरी डा सुयोगले १ लाख नगद सहयोग गरेका हुन ।
मुस्कान खातुन एसिड आक्रमणमा परेको समाचार सार्वजनिक भएसंगै डा सुयोगले आफ्नो फेसबुकमा उपचारकालागि एक लाख रुपैया सहयोग गर्ने बताएका थिए । उनले प्राथमिक उपचारपछि छालालाई पहिलो जस्तो बनाउनका लागि फ्राक्सनल लेजर उपचार काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरीमा निशुल्क गरिदिने प्रतिवद्दता पनि गरेका छन ।
पिडित बालिकालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव , दुई नम्बर प्रदेशका मुख्य मन्त्री लालबाबु पण्डित र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले अस्पतालमा पुगेर मुस्कानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।
शुक्रबार बिहान ६ बजेतिर विद्यालय जान लागेकी १५ बर्षिया मुस्कान खातुनलाई वीरगञ्जको गणेशमान चौकमा १ एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती, हातखुट्टा लगायतका शरीरको भाग जलेको हुदा वीरगञ्जको नारायणी अस्पतालमा उपचार नहुने भएपछि उनलाई कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा सिफ्ट गरिएको थियो ।
वीरगञ्ज महानगरपालिका ३ छपकैया निवासी मुस्कानमाथि आफन्त पर्ने छिमेकी प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड प्रहार गरेको आरोपमा बिरगन्ज मनपा २ का १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

Loading...