fbpx

मधुसुदन भट्टराईको फिल्ममा सौगात र श्रृष्टिको जोडी

विराटनगर २३ भदौ ।

मिस नेपालको ताज जितेकी श्रृष्टि श्रेष्ठ चर्चित र अभिनेता सौगात मल्लको प्रेम सम्बन्धमको चर्चा निकै कमले मात्रै नसुनेका होला । उनीहरुले पनि आफ्नो सम्बन्धलाई नलुकाई खुलेरै प्रस्तुत हुने गरेका छन् । अन्य सेलिब्रेटीहरु आफ्नो प्रेम सम्बन्धलाई सकेसम्म ढाकछोप गर्ने प्रयास गरेपनि सौगात र श्रृष्टि भने कुनै कार्यक्रममा जादा समेत एकअर्काको हातमा हात समातेर पुग्ने गरेका छन् । मिडियाको क्यामेरा अगाडि तस्वीर खिचाउँन पनि उनीहरु हिच्किचाउदैनन् ।

दुईले एकअर्कालाई केयर, माया गर्नुका साथै एक अर्काको करियरमा समेत मद्दत गरिरहेका छन् । रियल लाइफमा छुटिएर बस्न नसक्ने यो जोडी अहिले आएर रिल लाइफमा प्राय सँगै हुन रुचाउछन् । दुईले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरे पनि फिल्मको रिलिजको मिति अहिलेसम्म तय भएको छैन् । यसपछि दुईले ‘पोइ पर्‍यो काले’ मा संगै काम गरेका हुन् ।

news
ADVT

फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउने भएको छ । ‘पोइ पर्‍यो काले’ सौगातले अभिनेत्रीको रुपमा श्रृष्टिलाई सिफारिस गरेको चर्चा रहेको छ । दुईले फिल्म ‘चपली हाइट ३’ मा काम गर्ने खबर पनि सार्वजनिक भएको थियो । फिल्ममा सौगात फाइनल भएका थिए । तर, फिल्ममा श्रृष्टिलाई निर्माण टिमले राम्रो रोल दिन तयार नभएपछि उनले फिल्मबाट हात झिकेको खबर बाहिरिएको छ । अब दुईको जोडीलाई दर्शकहरुले फेरि एकपटक पर्दामा देख्न पाउने भएका छन् ।

सौगातले आफू फाइनल भएको फिल्ममा अभिनेत्रीको रुपमा श्रृष्टिलाई सिफारिस गर्ने गरेको चर्चा छ । सौगातले यसलाई स्वीकार पनि गर्दै आएका छन् । सौगात संग प्रेममा परेपछि सृष्टिलाई धेरै नै फाइदा भइरहेको देख्न सकिन्छ । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा सौगात र श्रृष्टि अनुबन्ध भएका छन् ।

फिल्मको नाम तय नभए पनि फिल्ममा दुईको जोडी बाँधिने पक्का भएको छ । सुवानी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म तिहारपछि अष्ट्रेलियाबाट छायांकन सुरु गरिने छ । रंग पत्रकार लक्ष्मण सुवेदीको कथामा तयार भएको फिल्ममा अन्य कलाकारको छनोट हुन बाँकी रहेको छ ।

Loading...