fbpx

बच्चाहरूलाई भाइरल ज्वरोबाट जोगाउने उपायहरू

विराटनगर, २३ भदौ । मौसम परिवर्तनका कारण आजकल मानिसहरू छिट्टै बिरामी पर्ने गर्दछन् । ठूला मानिसहरूमा भन्दा पनि बालबालिकाहरूलाई छिट्टै रोगले च्याप्ने गर्छ । बालबालिकाको शरीर भर्खरै विकास हुँदै गरेको अवस्थामा हुने भएकाले उनीहरूलाई जुनसुकै रोगले पनि छिटो समात्ने गरेको हुन्छ ।

aa

जाडो मौसममा भन्दा बढी गर्मी मौसममा सरुवा रोगको प्रकोप धेरै हुने गर्छ । डा. सुनिलराज मानन्धरका अनुसार यो वर्षपनि बढ्दो गर्मीसँगै भाइरल ज्वरोको संक्रमण भएका बालबालिकालाई अभिभावकले अस्पताल ल्याउने क्रम पनि बढेको छ । भाइरल ज्वरो, सबै उमेर समूहका व्यक्तिमा सजिलै सर्ने रोग भएपनि बालबालिकाहरू यसबाट छिटो र धेरै प्रभावित हुने गर्छन् ।

news
ADVT

भाइरल ज्वरोलाई मौसमी रुघा र जोरो तथा इन्फ्लुएन्जा भनेर पनि चिनिने गर्छ । बालबालिकाहरूमा अचानक एक सय २ डिग्री सेन्टग्रेडभन्दा बढीको ज्वरो आउनु, श्वासप्रश्वासमा संक्रमण हुनु, चिसो महसूस हुनु, शरीर काप्न थाल्नु, हल्का खोकी लाग्नु, शरीर, हात खुट्टा तथा जोर्नी दुख्ने, अनुहार सुन्निएर छाला रातो भइ फोका आउनु, घाटी दुख्नु, वाकवाकी लाग्नु, पेट दुखेर झाडापखाला लाग्नु, नाकबाट लगातार पानी बगिरहनु रोगको लक्षणहरू हुन् ।

बालबालिकामा पखाला लागेर शरीरमा पानी कम हुने खतरा पनि अधिक रहने हुन्छ । यस्ता लक्षण देखिएपछि बच्चाहरूलाई आफूखुशी औषधिको सेवन नगराइ डाक्टरको सल्लाह लिइ उपचार गराउनु पर्छ । भाइरल ज्वरोबाट पीडित बच्चाहरूको सरसफाइको बारेमा विशेष ध्यान दिनुपर्छ । भाइरल ज्वरोले सताएमा बच्चाहरूलाई धेरै आराम गराउनु पर्छ ।

घर बसेर आराम गर्दा शरीरमा उर्जा थपिनुका साथै रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नुका साथै संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुने गर्छ । ज्वरो आएमा, चिसो महसूस गरेमा, खोकी लागेमा बच्चाहरूलाई भिड–भाडमा पठाउनु हुँदैन । खोक्दा, हाँच्छ्यु गर्दा वा हाई गर्दै सधै रुमालको प्रयोग गर्न सिकाउनु पर्छ । यसका साथै दैनिक झोलिलो खानेकुरा खुवाउने गर्नु पर्छ । झोल भएको खानेकुराले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराएर रोगसँग लड्ने शक्ति दिन्छ ।

पानी आवश्यकताअनुसार पिए पनि झोलिलो सुप, दाल, जुसहरूको सेवन गर्द शरीरमा अझ उर्जा आउनुका साथै छिटो स्वास्थ्यमा सुधार आउँछ । यो सजिलै सर्ने रोग भएका कारण बालबालिकाहरूलाई बिरामीहरूसँग टाढा नै राख्ने गर्नु पर्छ ।

आफूले प्रयोग गर्ने समानहरू अरुलाई प्रयोग गर्न दिनु हुँदैन, हात पनि मिलाउनु हुँदैन र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गर्ने गर्नुपर्छ । यस्तो बेलामा एकदम जाडो भएर जिउ काप्ने भएकोले बालबालिकालाई शरीर कसिने गरी गह्रुंगा लुगा लगाइदिनु हुँदैन । भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक गर्नतिर नलागी बच्चालाई अस्पताल गइ डाक्टरको परामर्श लिएर उपचार गराउनु पर्छ ।

Loading...