fbpx

फरक नाममा पुरानै टिमसँग नयाँ हाँस्य टेलिश्रृंखलाको निर्माण

विराटनगर, २३ भदौ । नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट निर्देशक कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ ।

आउँदो असोज २ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने अहिले सार्वजनिक गरिएको छैन । कलाकारहरूले समयमा पैसा नपाएको गुनासो गर्दै कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरूले पाउनुपर्ने माग गरेपछि उत्पादक मिडिया हवसँग कुरा नमिल्दा अलगिएर भद्रगोलका पूर्व निर्देशकहरू कुमार र अर्जुनको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेका हुन् ।

news

लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने टेलिश्रृंखलालाई उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत निर्माण हुने भएको छ । अर्जुनले एक–दुई दिनभित्र राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिश्रृंखलाको नाम सार्वजनिक गर्ने बताएका छन् ।

टेलिश्रृंखला निर्माण गर्नका लागि सबै तयारी पूरा भइसकेको र भद्रगोलकै पात्रहरु र कथावस्तुमा आधारित भएर निर्माण गरिने टेलिश्रृंखलालाई प्रशारण गर्नका लागि नेपाल टेलिभिजनसँग प्रत्येक बिहीबारको समय आफूहरूले खरिद गरिसकेको पनि जानकारी दिएका छन् ।

भद्रगोलको ट्रेडमार्क मिडिया हबसित भएको र सिरियलको नाममा कपिराइट लागे पनि पात्रहरूमा कपिराइट नलाग्ने हुँदा पुरानै भद्रगोलको प्रशारणलाई पुनः निरन्तरता दिइसकेको अवस्थामा त्यसकै प्रमुख पात्रहरू अर्को सिरियलमा बसाइ सर्न लागेका हुन् । यसरी अबबाट एउटै ‘थिम’मा दुई सिरियल प्रशारण हुने भएका छन् ।

टेलिश्रृंखलाका लागि अलगअलग मान्छेले अलग कथा लेख्ने भएकाले कथा जुध्ने भन्ने प्रश्नै आउँदैन । पाँडेको बदमासी, जिग्रीको स्टाइल, बलेको डाइलग र ककरोज ब्रोको स्लो मोसनबिना भद्रगोल पानीबिनाको माछा जस्तै हो भन्दै युट्युबमा दर्शकहरूले लाइकभन्दा धेरै नराम्रो प्रतिक्रिया दिएका छन् ।

Loading...