fbpx

चीनका राष्ट्रपतिले दिए किम जोङ अनलाई बधाई

बेइजिङ, २३ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिएका छन् । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा सीले किम जोङ अनलाई बधाई दिएका हुन् ।

उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिपी) केन्द्रीय कमिटीका महासचिव पनि रहेका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई दिएका हुन् ।

news

सीले बताएका छन्, ‘उत्तर कोरियाको स्थापना भएदेखि नै समाजवादी क्रान्ति र निर्माणको क्रममा निरन्तर प्रगति गरिरहेको छ ।’ चीन र उत्तर कोरियाबीच लामो समयदेखि मित्रता र सहकार्य जारी छ ।

Loading...