fbpx

सौन्दर्यकला तालिमले रोजगारमुखी महिलाहरू

सविन घिमिरे
विराटनगर, २३ भदौ । छोटो समयको तालिम र सानो पूँजीले पनि स्वरोजगार बन्न सकिने पेशाको रूपमा स्थापित भएको पेशा हो, सौन्दर्यकला व्यवसाय । अन्य रोजगारीका अवसर नपाएपछि महिला घरमा त्यसै बस्नु पर्ने अवस्था हुन्छ । खेती गर्ने ठाउँ पनि सबैको हुँदैन । शहरी क्षेत्रमा घरमा एक्लै बस्नु पर्दा त महिलालाई झनै गाह्रो हुन्छ । तीन वा छ महिनाको तालिमपछि यसरी बेरोजगार बसेका धेरै दिदीबहिनीले आफैँ व्यवसाय गरेका छन् ।

आफैँ व्यवसाय सञ्चालन गरेपछि महिलामा आर्थिक पहुँच बढ्ने र अरुमा निर्भर रहनुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ । व्यवसायमा आबद्ध भएपछि यसैको माध्यमबाट महिला अन्य सामाजिक काममा समेत अग्रसर हुने र व्यक्तित्त्व तथा नेतृत्त्व विकासको अवसरसमेत पाउने गरेको गरेका छन् । प्रत्यक्ष रोजगारीबाहेक वैदेशिक रोजगारीमा जाने महिलाका लागि पनि यो पेशा रोजाइमा पर्ने गरेको छ । बेसिक, एड्भान्स तथा डिप्लोमा कोर्स गरेर जानेहरूले त्यहाँसमेत यही पेशा अपनाउन सक्ने भएकाले विदेश जानेको रोजाइमा सौन्दर्यकला व्यवसाय पर्ने गरेको छ ।

news

पहिले बिलासी भनिने गरको यो व्यवसाय आजकल आवश्यकत बन्दै गएकाले अझै यस क्षेत्रले स्वरोजगारी सिर्जना गर्न सक्छ । सौन्दर्यकलाले छाला तथा शरीरको सुरक्षासमेत गर्न सिकाउने भएकाले यसलाई स्वास्थ्यका दृष्टिकोणले पनि हेर्न आवश्यक रहेको छ । सौन्दर्यकला व्यवसायप्रतिको आकर्षण शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रसम्म पनि देखिन्छ । विवाह, अन्य समारोह, भोज भतेरमा जानेहरू सकेसम्म ब्यूटी पार्लर पुगेर राम्रो हुन चाहन्छन् । धेरैको बाध्यता हुन्छ, सीमित खर्चमा सुन्दर बन्ने । बेरोजगारीको समस्याले दिनहुँ विदेशिने तथा स्वरोजगार बन्न ब्यूटी पार्लर तालिम महिलाहरूको लागि उपयोगी हुन सक्छ ।

आर्थिक सम्पन्नतासँगै ब्यूटी पार्लरमै गएर ब्यूटी बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ । कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । शहरी क्षेत्रमा पार्लर खोल्ने रहर नै चलेको छ ।

नयाँ पुस्ताका युवती पनि ब्यूटी पार्लर चलाउन लालायित छन् । विभिन्न अन्य पेशा छाडेर यस व्यवसायमा लागेका महिलाहरू पनि प्रशस्तै भेटिन्छन् । न्यूनतम डेढ–दुई लाख लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ । पार्लरमा सेवा दिएबापत न्यूनतम ३०–३५ रुपैयाँदेखि विवाहमा मेकअप गरेको १५ देखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

पार्लरका ग्राहक एका–एक बढेकाले यो व्यवसाय अझै फस्टाउने ब्यूटिसियनहरू बताउँछन् । लागनीमा कम जोखिमपूर्ण र नगद आम्दानी हुने भएकाले नयाँ पुस्ता ब्यूटिसियन पेशाप्रति उत्सुक छन् । यसमा मासिक न्यूनतम २५ देखि ३० हजारदेखि मासिक डेढ–दुई लाख रुपैयाँसम्म कमाउँछन् । रोजगारी पनि दिएका छन् । अहिले निजी क्षेत्रमा खुलेका ट्रेनिङ इन्स्टिच्यूटमा व्युटिसियन तालिम लिनेको संख्या पनि बढ्दै गएको छ ।

Loading...