fbpx

एक नम्बर प्रदेशमा पाँच प्रकारका सहकारी सञ्चालन अनुमति

विराटनगर, २३ भदौ । एक नम्बर प्रदेशमा पाँच प्रकारका सहकारी सञ्चालन हुन पाउने भएका छन् । एक नम्बर प्रदेशसभाले आइतबार सर्वसम्मतले प्रदेश सहकारी बिधेयक पारित गरेपछि अब प्रदेशमा पाँच प्रकारका सहकारी सञ्चालन हुन पाउने भएका हुन् ।

प्रदेशसभावाट पारित भएको सहकारी बिधेयकमा उत्पादक सहकारी, सेवा सहकारी, वित्तिय र श्रमिक अनि बहुउद्देश्य सहकारी प्रदेशमा सञ्चालन हुन पाउने उल्लेख छ ।

news

यस्ता छन् सहकारीका प्रकार

बिधेयकमा उल्लेख भएअनुसार कृषि उत्पादनका लागि उत्पादन सहकारी, थोक तथा खुद्रा बजार, ढुवानी, यातायात, सञ्चार, पर्यटन, तालिम, होटल, व्यायामशाला, पार्क, उद्यम फोहोरमैला व्यवस्थापन र कवाडी संकलनलगायतका लागि सेवा सहकारी, बचत, ऋण कारोवार र बीमाका लागि वित्तिय, श्रम र सीपका लागि श्रमिक सहकारी र दुई वा दुईभन्दा बढी कारोवार गर्नेले बहुउद्देश्य सहकारीका रूपमा सञ्चालन हुन पाउने छन् । पारित बिधेयकमा प्रदेशको सरकारी नियमन गर्न सहकारी रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था गरेको छ । प्रदेशका सहकारीहरूले विज्ञापन गर्न पाउने छैनन् ।

१८ पटक बैठक १८ भदौमा प्रतिवेदन

सहकारी बिधेयक प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशनमा दर्ता भएर सैद्धान्तिक छलफल भएको थियो । उक्त बिधेयकमा सत्ता पक्षका १० जना सांसदहरूले संशोधन दर्ता गराएका थिए । त्यसपछि उक्त बिधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा गएको थियो । सामाजिक विकास समितिले सरोकारवाला, विज्ञ र सरकारसँग अलग–अलग बैठक १८ पटक बसी सभामा १८ भदौमा प्रतिवेदन पेश गरेको थियो । र, प्रदेशसभाले चौथो अविधेशनको ४६औँ बैठकबाट उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो ।

Loading...