fbpx

एसेज टेष्टमा इंल्याण्डको हार

काठमाडौं २३ भदौ। चौथो एसेज टेष्ट क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई उसकै मैदानमा फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति सम्पन्न एसेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले हराएको हो । अष्ट्रेलियाले दिएको ३ सय ८३ रनको चुनौती पछ्याउँदै इंल्याण्डले ब्याटिङ गरे पनि अन्तिम दिन १ सय ९७ रनमै अलआउट हुदाँ अष्ट्रेलियाले खेल जित्यो ।

दोस्रो पारीमा इंग्ल्यान्डका कुनै खेलाडीको प्रदर्शन जम्न सकेन् । जोइ डेन्लीले ५३ रन बनाएपनि अरु खेलाडीले भने विर्सनलायक प्रदर्शन गरे । अष्ट्रेलियाका लागि भने पट कुम्मिन्सले चार विकेट लिएका थिए ।

news

यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा ३०१ रनमा सबै विकेट गुमाएको थियो । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो पारीमा आठ विकेटको क्षतिमा ४ सय ९७ रन बनाएको थियो । उच्च रन बनाउने क्रममा अष्ट्रेलियाका स्टेभ स्मिथले दोहोरो शतक बनाए । उनले २ सय ११ रन बनाएपछि अष्ट्रेलियाले पहिलो पारीमा नै उच्च रन जोड्न सक्यो ।

दोस्रो पारीमा अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाउदै पारी समाप्तिको घोषणा गर्दा इंग्ल्यान्डले ३ सय ८३ रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा पनि अष्ट्रेलियाका स्मिथले उत्कृष्ट प्रदर्शन गरे । उनले ८२ रन बनाए । योसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता बनाएको छ ।

Loading...