fbpx

युएस च्याम्पियनशिपको उपाधि नाडाललाई

विराटनगर २३ भदौ । यूएस ओपन टेनिस च्यापियनशिपमा डेनियल भेदभेदेभलाई हराउदै राफेल नाडाल च्याम्पियन बनेका छन् । पाँच सेटसम्म भएको प्रतिश्पर्धामा दोश्रो वरियताका नाडालले ५ औँ वरियताका डेनियललाई ७- ५, ६- ३, ५- ७, ४- ६, ६- ४ को सेटले हराए ।

रसियन खेलाडी मेदभेदेभ पहिलो पटक ग्राण्डस्लैमको फाइलनमा पुगेका हुन् । तर कडा टक्करकाबीच उपाधि चुम्नबाट भने पछि रहे । नाडालको सामुन्नेमा उनले उपाधि उचाल्ने सपना पुरा गर्न सकेनन् ।

news

नाडालको भने १९ औँ ग्राण्ड स्लैम उपाधि हो । उनले खेलजीवनमा चौथो पटक यूएस ओपनको उपाधि उचालेका हुन् । नाडालले करियरकै सबैभन्दा भावुक रातमध्ये एक भएको प्रतिकृया दिए । यस्तै मेदभेदेभले भने नाडाललाई बधाई दिए ।

Loading...