fbpx

पत्रपत्रिमा प्रदेशः आफ्नै सांसदमाथि खनिए मुख्यमन्त्री

विराटनगर २३ भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबारको संसद् बैठकमा आफ्नै दलका सांसदमाथि खनिएका छन् । संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केही दिन अघि संसद्मा नेकपाका सांसद उपेन्द्र घिमिरेले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । सांसद घिमिरेले नेकपा नेतृत्वको सरकारकै पालामा भ्रष्टाचार बढेको, तल्लो तहसम्म भ्रष्टाचारले जरा गाडेको र मन्त्रीकै स्वकिय सचिवहरु असुलीमा लागेको भन्दै सरकारको धारणा माग गरेका थिए ।

उनले आरोप प्रमाणित गर्न समेत चुनौति दिएका छन् । भ्रष्टाचारको विषयमा तथ्यमा आधारित भएर प्रमाण दिएर कुरा उठाउनु पर्ने मुख्यमन्त्री राईको भनाई छ । संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले छिट्टै मन्त्रिमण्डल विस्तार हुने बताएकाछन् ।

news

ओलीकै गृह नगरमा नेकपाको हार शिर्षकमा नागरिक पूर्वेलीमा खबर छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले जित हासिल गरेको हो । कांग्रेसका उमेद्वार गोकुल श्रेष्ठले नेकपाका विमल खतिवडालाई ४ सय ५१ मतले हराएका छन् । दमकमा नेकपा खानेपानी, दमक क्याम्पसमा समेत विजयी हुन सकेन् । अघिल्लो पटक पनि हार व्योहेरेको संघको निर्वाचनमा यो पटक प्रधानमन्त्री कै सचिवालय सदस्य लाग्दा पनि उमेद्वारले विजय हासिल गर्न सकेनन् ।

विराटनगर विमानस्थलको स्तरोन्नति गरिने शिर्षकमा दर्शन दैनिकको मुख्यपृष्ठमा समाचार छ । विराटनगर विमानस्थल स्तरोन्नति तथा विस्तारको काम असोज महिनाबाट शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँचदिन भित्र काम सकेर १५ दिनभित्रमा विराटनगरमै डीपीआर सार्वजनिक गर्दै असोज महिनामै काम शुरु गर्ने प्रतिवद्धता जनाएका छन् । विमानस्थलको स्तरोन्नतिकोलागि दवाब दिन मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद शिवकुमार मण्डलको नेतृत्वमा पुगेका पर्यटन व्यवसायीहरुको टोलीलाई मन्त्री भट्टराईले यस्तो आश्वासन दिएका हुन् ।

ब्लाष्ट टाइम्समा चुनावको माहोल तातिँदै धरान शिर्षकमा मुख्य खबर छापेको छ । धरान उपमहानगरपालिकाको मेयरकालागि हुने निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ नेकपा र प्रमुखप्रतिपक्षी कांग्रेसले वडा भेला सकेका छन् । अलिहे टोल भेलामा दुबै दल व्यस्त छन् । चुनावी माहोल ततिँदै जादाँ चुनावी चटारो सबै भन्दा बढी नेपाली कांग्रेसलाई लागेको छ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको ०७५ साउन १ गते निधन भएपछि सो पद रिक्त छ । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय निकायको जनप्रतिनिधिको पदमा यही मंसिर १४ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ ।

Loading...