fbpx

पत्रपत्रिकामा देशः के गर्दै छ विप्लव नेकपा

विराटनगर २३ भदौ । प्रतिबन्ध पछिको ६ महिनामा विप्लव नेतृत्वको नेकपाका ७ सय ६१ नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये १ सय ८६ जनालाई सरकारले अझैै नियन्त्रणमा राखेको छ । प्रहरीबाट २ जिल्लाका इन्चार्ज मारिएका छन् । जेलमा रहेका ठुला नेता मध्ये हेमन्तप्रकाश ओली स्थायी समिति सदस्य हुन् । यस्तै केन्द्रीय सदस्यहरु माइला लामा, बन्धु चन्द, वसन्त श्रेष्ठ र भरत बम पनि जेलमा छन् । विप्लवको प्रभाव प्रदेश नम्बर ४ र ५ मा धेरै छ ।

सरकारले गत फागुन २९ गते विप्लवमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहमाथि प्रदेश नम्बर ४ र ५ मै बढी कारवाही अभियान चलाएको छ । विप्लवले पार्टीको मुखपत्र इरातोखबर डटकमलाई दिएको अन्र्तवार्तामा सरकारले मुखले वार्ता भनेर सिद्धयाउन लागेको बताएका छन् । नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा छापिएको समाचारमा विप्लवले पार्टीका जिम्मेवार नेता कार्यकर्ताको हत्या गर्ने तथा जेलमा हाल्ने काम सरकारले गरेको बताए । यस्तै सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवले वार्ताका नाममा सत्तारुढ नेकपा र राजकीय सत्तामा खेल्न खोजेको आरोप लगाए ।

news

यसैबीच विप्लवले शक्ति केन्द्रीकरण गर्दै पार्टीको पोलिट्व्यूरो र स्थायी समिति विघटन गरी सम्पुर्ण शक्ति ४ जनाको हेडक्वार्टरमा राखेका छन् । हेडक्वाटरमा विप्लवसँगै खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धमेन्द्र बाँस्तोला, र सन्तोष बुढामगर छन् ।

डेंगुको डरले अस्पतालमा थामि नसक्नु भीड भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ । डाक्टरहरुले अस्पतालमा बिरामी संख्या बढेपछि भिड थाम्नै गाह्रो भएको बताएकाछन् । धरानमा प्रत्येक घरमा डेंगुका संक्रमित रहेको समेत समाचारमा उल्लेख छ । देशभरका ४८ जिल्लामा डेंगुको संक्रमण देखिएपनि नियन्त्रणमा सरकार उदासिन रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सबैको सहयोगले मात्र डेंगु नियन्त्रण गर्न सकिने बताएकाछन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा रहदाँ चीनसँग सहयोगको क्षेत्र खोजिने समाचारपनि अन्नपूर्ण पोष्टको मुख्यपृष्ठमा छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका यीसँगको द्विपक्षीय वार्तामा चीनसँग सहयोगका क्षेत्र खोजिने परराष्ट्रका अधिकारीहरुले बताएकाछन् । नेपालले बेल्ट एण्ड रोड (बिराआई) अन्र्तगतको कार्यक्रमलाई उठाउने छ । दुई देशबीच भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास परियोजनाको समीक्षा र अन्य सहयोगका क्षेत्रमा छलफल हुने छ ।

चीनसँग कुटनीतिक तहमा नेपाल चीन अधिकारीहरुको आवतजावत बाक्लै भएपनि हाल सम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रुप लिन सकेको छैन् । कान्तिपुर दैनिकमा भने चीनसँगका सम्झौता जहाँको तहीँ शिर्षकमा मुख्य समाचार छ । शून्य भन्सार उपयोग गर्न नसक्दा व्यापार घाट भइरहेको समाचारमा उल्लेख छ । यस्तै पूर्वाधार नहुँदा चीनले दिएको पारवहन सुविधा नेपालले उपयोग गर्न सकेको छैन् । उर्जामा चिनियाँ लगानी पनि अघि बढेन् । नेपाल केरुङ काठमाडौं विशेष रेलको पर्खाइमा छ ।

Loading...